हैदरावादसँग पराजित भयो लखनउ, प्लेअफबाट बाहिरियो
काठमाण्डौ। लखनउ सुपर जायन्ट्स आईपीएलको प्लेअफ होडबाट बाहिरिएको छ । सोमबार सनराइजर्स हैदराबादसँग पराजित भएसँगै लखनउको प्लेअफ सम्भावना सकिएको हो । प्लेअफ होडबाट यसअघि नै बाहिरिएको हैदराबादले लखनउलाई ६ विकेटले हरायो । लखनउले दिएको २०६ रनको लक्ष्य हैदराबादले १८.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।
हैदराबादका लागि ओपनर अभिषेक शर्माले आक्रामक अर्धशतक प्रहार गरे । उनी २० बलमा ४ चौका र ६ छक्कासहित ५९ रन बनाएर आउट भए । हेनरिच क्लासेनले ४७, इशान किशनले ३५ तथा कामिन्दु मेन्डिसले अविजित ३२ रन बनाउँदा रिटायर्ड भए । लखनउका लागि दिग्वेश राथीले २ तथा विलियम ओरोर्कले १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली लखनउले २० ओभरमा ७ विकेट गुमाएर २०५ रन बनाएको थियो । लखनउका लागि दुई ओपनर एइडेन मार्करम र मिचल मार्शले अर्धशतक बनाए । मार्शले ६५ तथा मार्करमले ६१ रन बनाए । निकोलस पूरनले ४५ रन बनाए । योसँगै आठौं स्थानको हैदराबादले १३ खेलमा चौथो जित निकाल्दै ९ अंक जोडेको छ भने १२ खेलमा १० अंक भएको लखनउ सातौं स्थानमा छ र प्लेअफ होडबाट बाहिरिएको छ । अब मुम्बई र दिल्लीमध्ये एक टोली प्लेअफमा पुग्नेछन् ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











