रविको बन्दी प्रत्यक्षीकरण मुद्धाको बहस सकियो, आजै आदेश आउन सक्ने
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनु्वाइ सकिएको छ । न्यायाधीश डा.नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ सकिएको हो । रिटमाथि सुनुवाइ सकिएकाले सम्भवतः आजै लामिछानेलाई थुनामै राखिराख्ने किन थुनामुक्त गर्ने भन्ने विषयमा आदेश आउनेछ ।
लामिछानेको तर्फबाट उनकी श्रीमति निकिता पौडेलले गैरकानुनी रुपमा आफ्ना श्रीमानलाई थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी हुन् ।
सहकारी ठगी मुद्दामा लामिछाने हाल भैरहवा कारागारमा छन् । उच्च अदालत तुलसीपुर बुटवल इजलासले जिल्लाको आदेश उल्टाउँदै लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको थियो ।
उच्च अदालतले पुर्पक्षका लागि कारागार पठाएपछि लामिछानेले कारागारबाटै उच्चको आदेश खारेजको माग गर्दै बाहिरबाटै मुद्दा लड्न पाउनुपर्ने मागसहित सर्वोच्चमा रिट दायर गराएका थिए।
सो रिटमा सर्वोच्चले कैफियत प्रतिवेदन पेश गर्न आदेश जारी गरेको छ । तत्काल छुट्ने अवस्था नभएपछि लामिछानेले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका हुन् ।
गत माघ ६ गते जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा लामिछाने समेतलाई प्रतिवादी बनाउँदै जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरेको थियो ।
त्यसपछि माघ १३ गते जिल्ला अदालत रूपन्देहीमा थुनछेक बहस सकिएपछि गोर्खा मिडियाका तत्कालीन पूर्वप्रबन्ध निर्देशक रहेका लामिछानेलाई न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो ।
जिल्ला अदालत रूपन्देहीले धरौटीमा रिहा गर्ने आदेश जारी गरेपछि प्रतिवादी लामिछानेलाई धरौटी नभइ थुनामै राख्नुपर्ने माग गर्दै सरकारी वकिल कार्यालय फागुन २२ गते उच्च अदालत पुगेको थिए ।
फागुन २६ गते लामिछाने पनि जिल्ला अदालतको एक करोड धरौटीको आदेशको खारेजीको माग गर्दै उच्चमा निवेदन दिएका थिए।
Comments
अरु समाचार
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...
-
असामान्य घटनाक्रमबारे एमाले नेतृत्त्वको प्रतिक्रिया
काठमाडौं । नेकपा (एमाले) ले मुलुकमा पछिल्ला दिनमा भएका असामान्य घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। जेन–जेड पुस्ताले सञ्चालन गरेको...
-
राष्ट्रपति आज संखुवासभा जाँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज(विहिबार) संखुवासभा जिल्ला गएका छन् । कोशी प्रदेशको पहाडी जिल्ला संखुवासभाको मादी नगरपालिकामा रहेको मादी...
-
अरिङ्गालले टोकेर १ विद्यार्थीको मृत्यु, ५ घाइते
काठमाडाैं । रोल्पाको त्रिवेणी गाउँपालिका–७ तिलाको जङ्गलमा अरिङ्गालले टोकेर १ जना विद्यार्थीको मृत्यु भएको छ भने ५ जना घाइते भएका...
-
बागमतीका नव नियुक्त मुख्यमन्त्री बानियाँले विश्वासको मत लिँदै
काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभामा विश्वासको मत लिदैँ छन्। आज अपराह्न ४ः०० बजे बस्ने प्रदेशसभाको बैठकमा...
-
रवि लामिछानेको निवेदनमाथि सुनुवाइ सकियो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रिहाइको माग गर्दै जिल्ला अदालत रुपन्देहीमा दायर गरेको निवेदनमाथि सुनुवाइ सकिएको छ।...
-
यू–२० महिला एसियन कप छनोटमा नेपाल आज भुटानसँग खेल्दै
काठमाडाैं । एएफसी यु–२० महिला एसियन कप छनोटको समूह ‘ए’ आजदेखि भुटानको थिम्पुमा सुरु हुँदैछ। नेपालले पहिलो खेलमा घरेलु टोली...
-
बागमतीको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँकाे दाबी पेश
काठमाडाैं । बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेश गरेका छन् । सोमबार दिउँसो...












