रवि लामिछानेलाई थुनामै राख्नुपर्ने केही आधार यस्ता
काठमाण्डौ । सर्वोच्च अदालतले रवि लामिछाने गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक हुनुअघि नै त्यो कम्पनीको आर्थिक गतिविधिमा संलग्न रहेको भन्दै थुनामुक्त गर्न अस्वीकार गरेको छ । बन्दीप्रत्यक्षीकरण रिट निवेदनमा हिजो फैसला गर्दै सर्वोच्चले उच्च अदालत तुलसीपुरले दिएको आदेशलाई निरन्तरता दिएको हो ।
रविलाई थुनामा राख्ने आदेश सदर गर्दा सर्वोच्चले केही आधार प्रस्तुत गरेको छ । रविले २०७७ पुस ३० पछि मात्र कम्पनीको प्रबन्ध निर्देशकमा नियुक्ति पाएको र त्यसअघि कुनै पनि आर्थिक कारोबारमा आफ्नो संलग्नता नभएको दाबी गर्दै आए पनि सर्वोच्चले भने प्रबन्ध निर्देशक नियुक्त हुनुअघि नै २०७७ कात्तिक २ गते उनी कार्यकारी निर्देशकको हैसियतले सञ्चालक समिति बैठकमा उपस्थित भएको जनाएको छ ।
बैठकले ग्लोबल आइएमई बैंक लिमिटेड, कालोपुल शाखामा खाता सञ्चालन गर्ने र खातामा गितेन्द्रबाबु (जीबी) राई, छविलाल जोशी वा रवि लामिछानेमध्ये कुनै एक जनाको हस्ताक्षर चल्ने निर्णय गरेको थियो । त्यही निर्णयबमोजिम खोलिएको कम्पनीको खातामा सहकारी संस्थाबाट पटक पटक रकम आएको सर्वोच्चको आदेशमा उल्लेख छ ।
त्यसैले सहकारी संस्थाबाट रकम लैजाने गरी भएको आर्थिक कारोबारमा रवि लामिछाने प्रबन्ध निर्देशक हुनुपूर्व नै संलग्न देखिएको आदेशमा भनिएको छ । ‘रवि टीभी कार्यक्रम सञ्चालकका रुपमा संलग्न हुने भनिए पनि त्यसैबाट उनले कम्पनीको १५ प्रतिशत शेयर धारण गर्ने बेहोरा उल्लेख गरेको देखिँदा कम्पनीको व्यवस्थापनमा स्थापना कालदेखि नै यी प्रतिवादीको संलग्नता भएको देखिन आयो’ आदेशमा उल्लेख छ ।
त्यसैगरी २०७७ कात्तिक २ देखि २०७९ असार १ सम्म रवि प्रबन्ध निर्देशक, शेयरधनी र सञ्चालक रहँदा पटक–पटक सुप्रिम सहकारीबाट रकम आएको र त्यस अवधिमा रविको नाममा सहकारीबाट दुई करोड रूपैयाँ कर्जा प्रवाह भएको सर्वोच्चको आदेशमा उल्लेख छ । रविले कम्पनीमा र आफ्नो नाममा समेत सहकारीबाट आएको रकमबारे थाहा नभएको बयान दिँदै आएका थिए ।
गोर्खा मिडियामा रविको एक करोड ८० लाख रूपैयाँ बराबरको शेयर रहेको र यो तथ्यले १५ प्रतिशत शेयर निःशुल्क पाएको कुरा ‘कथन’ देखिएको सर्वोच्चको ठहर छ । २०७९ असार १ गते गोर्खा मिडिया कम्पनीबाट अलग भएको जिकिर गरे पनि रविले कम्पनीको खाता सञ्चालकको हैसियतले विभिन्न मितिमा चेकहरूमा हस्ताक्षर गरेको देखिएकाले कम्पनीमा रविको निरन्तर संलग्नता देखिन आएको सर्वोच्चको आदेशमा उल्लेख छ ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












