फौजी किराको आतंक, मकैबाली सखाप !
काठमाडौं । भोजपुरमा मकैबालीमा फौजी किराको समस्या बढ्न थालेपछि किसान चिन्तित भएका छन् । फौजी किराले मकैबालीमा क्षति गर्न थालेपछि किसान चिन्तामा परेका हुन् ।
वैशाख अन्तिम साताबाट अमेरिकन फौजी किराको समस्या बढेसँगै मकैबालीमा क्षति पुगेको स्थानीय कृषकहरुले बताएका छन् ।
किराका कारण गोड्ने समय भएको मकैको गुबोभित्र पसेर गुबो खाइदिने, पात खाने र पहेँलो भएर मर्ने समस्या रहेको धनबहादुर थापाको भनाइ छ । “यस वर्ष पनि मकैमा फौजी किराको समस्या देखिएको छ”, उनले भने, “फौजी किराले मकैको गुबो खाएर नष्ट बनाएको अवस्था छ । मकैमा किराको प्रकोप बढेपछि चिन्ता थपिएको छ । विशेष गरेर तल्लो भेगमा लगाइएको मकैमा किराको समस्या बढी देखिएको छ ।”
जिल्लाको भोजपुर नगरपालिकाको टक्सार, बोखिम, दाँवा, पौवादुङमा गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, अरुण गाउँपालिकालगायत तल्लो क्षेत्रमा फौजी किराको समस्या देखिएको किसानको भनाइ छ । किराले गुबो नै खान थालेपछि मुख्य खाद्यान्नका रुपमा लगाइएको मकैको उत्पादन घट्ने अवस्था रहेका किसानको भनाइ छ ।
बेँसी तथा तल्लो भेगमा किसानले लगाएको मकैबालीमा फौजी किराको समस्या देखिएकोे कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । किरा नियन्त्रयका लागि किसानलाई आवश्यक प्राविधिक सहयोग गरिरहेको केन्द्रको भनाइ छ ।
Comments
अरु समाचार
-
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने !
काठमाडौं । कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । सडक बिस्तारका लागि यही मंसिर २० गतेदेखि ६० दिनसम्म...
-
वाइडबडी फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्च
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले वाइडबडी विमान खरिद प्रकरणमा सफाइ पाएका आरोपितहरूलाई सजाय हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन...
-
असामान्य घटनाक्रमबारे एमाले नेतृत्त्वको प्रतिक्रिया
काठमाडौं । नेकपा (एमाले) ले मुलुकमा पछिल्ला दिनमा भएका असामान्य घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। जेन–जेड पुस्ताले सञ्चालन गरेको...
-
राष्ट्रपति आज संखुवासभा जाँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज(विहिबार) संखुवासभा जिल्ला गएका छन् । कोशी प्रदेशको पहाडी जिल्ला संखुवासभाको मादी नगरपालिकामा रहेको मादी...
-
अरिङ्गालले टोकेर १ विद्यार्थीको मृत्यु, ५ घाइते
काठमाडाैं । रोल्पाको त्रिवेणी गाउँपालिका–७ तिलाको जङ्गलमा अरिङ्गालले टोकेर १ जना विद्यार्थीको मृत्यु भएको छ भने ५ जना घाइते भएका...
-
बागमतीका नव नियुक्त मुख्यमन्त्री बानियाँले विश्वासको मत लिँदै
काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभामा विश्वासको मत लिदैँ छन्। आज अपराह्न ४ः०० बजे बस्ने प्रदेशसभाको बैठकमा...
-
रवि लामिछानेको निवेदनमाथि सुनुवाइ सकियो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रिहाइको माग गर्दै जिल्ला अदालत रुपन्देहीमा दायर गरेको निवेदनमाथि सुनुवाइ सकिएको छ।...
-
यू–२० महिला एसियन कप छनोटमा नेपाल आज भुटानसँग खेल्दै
काठमाडाैं । एएफसी यु–२० महिला एसियन कप छनोटको समूह ‘ए’ आजदेखि भुटानको थिम्पुमा सुरु हुँदैछ। नेपालले पहिलो खेलमा घरेलु टोली...
-
बागमतीको मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँकाे दाबी पेश
काठमाडाैं । बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेश गरेका छन् । सोमबार दिउँसो...












