संखुवासभामा सशस्त्र प्रहरीका संस्थापक महानिरीक्षक दम्पत्तिको शालिक अनावरण !
काठमाडौं । सङ्खुवासभा जिल्लाको, चैनपुरमा सशस्त्र प्रहरी बल, नेपालका संस्थापक महानिरीक्षक स्व.कृष्णमोहन श्रेष्ठ र उनकी धर्मपत्नी स्व.नुडुप श्रेष्ठको अर्धकदको शालिक अनावरण गरिएको छ ।
सशस्त्र प्रहरी बल र संखुवासभा चैनपुर नगरपालिकाको संयुक्त पहलमा निर्माण गरिएको शालिक महानिरीक्षक राजु अर्यालले एक समारोहका बीच आज बिहान अनावरण गरेका हुन् ।
समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक अर्यालले श्रेष्ठको योगदानबारे चर्चा गरेका थिए । श्रेष्ठले देखेको सपनालाई साकार पार्न र सरकारले सुम्पिएको दायित्वहरुलाई इमानदारीपूर्वक पूरा गर्न संगठन अहोरात्र खटिँदै आएको उनले बताए ।
महानिरीक्षक अर्यालले भने,‘उहाँले देखाएकै बाटो पछ्याएर संगठन अघि बढिरहेको छ । उहाँको सपना साकार पार्न र सरकारले सुम्पिएको दायित्वहरु पूरा गर्न हामी प्रतिबद्ध भएर लागिपरेका छौं ।’
अनावरण समारोहमा चैनपुर नगरपालिकाका मेयर कृष्णकुमार तामाङ्ग, उपमेयर एलिना श्रेष्ठ, पूर्वसशस्त्र महानिरीक्षक दुर्जकुमार राई, नेपाल पूर्व सशस्त्र प्रहरी संघका अध्यक्ष नारायणबाबु थापालगायतले उनीप्रति श्रद्धासुमन अर्पण गर्दै सम्मान व्यक्त गरेका थिए ।
श्रेष्ठ दम्पत्ति र अंगरक्षक सशस्त्र प्रहरी नायव निरीक्षक सूर्यप्रसाद रेग्मीलाई माओवादी द्धन्द्धकालको बेला २०५९ माघ ११ गते मर्निङ्ग वाकका दौरान ललितपुर, एकान्तकुनाको रिङ्गरोड खण्डमा लडाकुहरुले गोली हानेर मारेका थिए । त्यसपछि सरकार र माओवादीवीच केही समय युध्दविराम भयो ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











