आईपीएल क्वालिफायर: पन्जाबबिरुद्ध आरसीबीको सहज जित, नयाँ कीर्तिमानको ओइरो !
काठमाडौं । भारतमा जारि इन्डियन प्रिमियर लिग(आइपीएल)को पहिलो क्वालिफायरमा पन्जाब किङ्सलाई हराउँदै रोयल च्यालेन्जर्स ब्याङ्गलोर (आरसीबी) फाइनलमा प्रवेश गरेको छ ।
गएराति भएको खेलमा पन्जाबविरुद्ध ८ विकेटको ऐतिहासिक जित हासिल गर्दै आरसीबी ९ वर्षपछि आइपीएलको फाइनलमा प्रवेश गरेको हो । मुलानपुर स्थित महाराजा युजवेन्द्र सिंह इन्टरनेसनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाब १४.१ ओभरमा १०१ रन बनाउँदै अलआउट भएको थियो।
पन्जाबले दिएको १०२ रनको विजयी लक्ष्य पछ्याको आरसीबीले १० ओभरमा २ विकेट गुमाउँदै १०६ रनसहित लक्ष्य पूरा गर्दै जित हासिल गरेको थियो ।
पन्जाबले एलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ ।
गएराती भएको खेलमा आरसीबीले जीत हाँसिल गरेसँगै बनेका नयाँ किर्तीमान यसप्रकार छन्ः
1. रोयल च्यालेन्जर्स बेंगलुरुले बिहीबार पञ्जाब किंग्सविरुद्ध आफ्नो लक्ष्य पूरा गर्दा ६० बल बाँकी थियो । प्लेअफ खेलमा कुनै पनि टोलीको लागि यो सबैभन्दा ठूलो जित हो। अघिल्लो रेकर्ड गत वर्षको फाइनलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादविरुद्ध ५७ बलले जित हासिल गरेको थियो ।
2. बेंगलुरुले दस वा सोभन्दा बढी ओभर बाँकी छँदा २ आईपीएलमा जित निकालेको छ । जसमा बिहीबार पञ्जाब विरुद्धको जित पनि समावेश छ । सन् २०१८ आरसीबीले तत्कालीन किंग्स पञ्जाबलाई ७१ बल बाँकी छँदै पराजित गरेको थियो। बेंगलुरुसँगको दुई हारहरू आईपीएलमा पञ्जाब फ्रान्चाइजले दस वा सोभन्दा बढी ओभर बाँकी छँदै हार बेहोरेको एक मात्र उदाहरण हो ।
3. १०१ नयाँ चण्डीगढमा बेंगलुरुविरुद्ध पञ्जाबको कुल स्कोर । आईपीएल प्लेअफमा कुनै पनि टोलीले बनाएको संयुक्त–तेस्रो सबैभन्दा कम स्कोर हो । सबैभन्दा कम स्कोर सन् २०१० मा तेस्रो स्थानको खेलमा डेक्कन जार्जर्सले बेंगलुरुविरुद्ध ८२ अलआउट भएको थियो । त्यसपछि सन् २००८ मा सेमिफाईनलमा दिल्ली डेयरडेभिल्स अहिलेको राजस्थान रोयल्सविरुद्ध ८७ रनमा अलआउट भएको थियो ।
4. १४.१ ओभर पञ्जाबले बिहीबार ब्याटिङ गर्यो । यो क्ष्एी मा कुनै पनि टोलीले पहिले ब्याटिङ गर्दा गरेको सबैभन्दा छोटो अलआउट इनिङ हो । यसअघिको सबैभन्दा छोटो इनिङ सन् २०१४ मा आरसीबीले आरआरविरुद्ध गरेको १५ ओभर थियो । समग्रमा, यो आईपीएलमा छैटौं सबैभन्दा छोटो अलआउट इनिङ र प्लेअफ (वा नकआउट) मा सबैभन्दा छोटो इनिङ हो ।
5. यस वर्ष प्लेयर–अफ–द–म्याच अवार्ड जित्ने आरसीबीका खेलाडीहरूको संख्या ९, बिहीबार सुयश शर्मा सहितले अवार्ड जितेसँगै यो किर्तिमान बनेको थियो । सन् २०१७ मा दस, मुम्बई इन्डियन्सका खेलाडीले मात्र आईपीएल एकै सिजमा यो अवार्ड जित्ने खेलाडीहरू बढी थिए ।
6. यस सिजनमा नयाँ चण्डीगढमा पाँच खेलमा श्रेयस अय्यरले बनाएका २७ रन । उनको औसत ५.४ आईपीएल सिजनमा शीर्ष सात ब्याट्सम्यानको लागि दोस्रो सबैभन्दा कम हो (न्यूनतम पाँच इनिङ)। शाहिद अफ्रिदीले २००८ मा हैदराबादमा ५.२ को औसतमा पाँच इनिङमा २६ रन बनाएका थिए ।
7. फिल साल्टले आईपीएल ५७६ बलमा १००० रन पूरा गरेका छन् । आइपीएलमा केबल दुई ब्याट्सम्यानले मात्र १००० रनको कोसेढुङ्गा छिटो पूरा गरेका छन् –आन्द्रे रसेल (५४५बल) र ट्राभिस हेड (५७५) ।
8. ४ आरसीबीले सन् २००९, २०११ र २०१६ मा पहिले नै त्यहाँ पुगेको थियो र यो चौथो आईपीएल फाइनलमा पुगेको थियो । चेन्नई सुपर किंग्स (दश) र एमआई (छ) मात्र बढी आईपीएल फाइनलमा पुगेका छन्, जबकि केकेआरले चार पटक उपस्थिति जनाएको छ ।
9. सन् २०११ प्लेअफ प्रणाली लागू भएदेखि लिग चरणमा दोस्रो स्थानमा रहेका १५ टोलीमध्ये १५ औं टोली फाइनलमा पुगेको थियो । फाइनलमा प’ग्ने आरसीबी पछिल्लो टोली हो ।
10. १४५ बल पीबीकेएस–आरसीबी खेल चल्यो, आईपीएलमा संयुक्त रूपमा तेस्रो सबैभन्दा छोटो पूरा खेल (छोटो खेलहरू बाहेक) । सन् २००८ मा वानखेडेमा भएको एमआई–केकेआर खेल केवल १२५ बलसम्म चलेको थियो भने सन् २०१८ मा इन्दौरमा भएको केएक्सआईपी–आरसीबी खेल १४० बलसम्म चलेको थियो ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












