पत्रकार रमेश दवाडीलाई इस्टूले गर्यो सम्मान
काठमाडौं । संस्थागत विद्यालय शिक्षक युनियन (ईस्टू) ले पत्रकार रमेश दवाडीलाई पुरस्कृत गरेको छ । काठमाडौँमा शनिबार आयोजित एक कार्यक्रममा यसअघि न्यूज नेपाल र हाल हिमाल प्रेसमा कार्यरत पत्रकार दवाडीलाई पुरस्कृत गरिएको हो ।
पत्रकारिताका माध्यमबाट शिक्षक तथा कर्मचारीहरूका पेसागत हकहित र सुरक्षाका न्यायपूर्ण आवाज उठान गर्नुका साथै समग्र नेपालको सार्वजनिक क्षिक्षा क्षेत्रको सवलीकरणका विषयहरू सशक्त रूपमा उठाउँदै शिक्षा पत्रकारितामा पु¥याएको योगदानका लागि ईस्टूले दवाडीलाई पुरस्कृत गरेको हो ।
ईस्टूका अध्यक्ष होमकुमार थापाले शिक्षा क्षेत्रको सबलीकरणका लागि निरन्तर कलम चलाउँदै आएकाले पत्रकार दवाडीलाई पुरस्कृत गरिएको बताए। कार्यक्रममा पत्रकार दवाडीलाई दोसल्ला, प्रमाणपत्र र नगदसहित पुरस्कृत गरिएको थियो।
कार्यक्रममा नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरी, नेपाल राष्ट्रिय शिक्षक संगठनकी कार्यवाहक अध्यक्ष तारा थापा, नेपाल अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारी, नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गगांराम तिवारी, नेपाल शिक्षक महासंघमा आवद्ध सम्बद्ध घटकका प्रतिनिधिहरू सहभागी थिए।
Comments
अरु समाचार
-
युवापुस्ताको मनोविज्ञान बुझेर पार्टीका नीति र कार्यक्रम परिमार्जन गरिनुपर्छ: शंकर पोखरेल
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रविधिसँगै हुर्किएको युवापुस्ताको मनोविज्ञान बुझेर राजनीतिक दलहरूले आफ्ना नीति, कार्यक्रम र कार्ययोजना...
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
प्रतिनिधिसभाको बैठक: दफावार छलफलका लागि आज विभिन्न विधेयक समितिमा पठाइँदै
काठमाडौँ। सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...












