पत्रकार रमेश दवाडीलाई इस्टूले गर्यो सम्मान
काठमाडौं । संस्थागत विद्यालय शिक्षक युनियन (ईस्टू) ले पत्रकार रमेश दवाडीलाई पुरस्कृत गरेको छ । काठमाडौँमा शनिबार आयोजित एक कार्यक्रममा यसअघि न्यूज नेपाल र हाल हिमाल प्रेसमा कार्यरत पत्रकार दवाडीलाई पुरस्कृत गरिएको हो ।
पत्रकारिताका माध्यमबाट शिक्षक तथा कर्मचारीहरूका पेसागत हकहित र सुरक्षाका न्यायपूर्ण आवाज उठान गर्नुका साथै समग्र नेपालको सार्वजनिक क्षिक्षा क्षेत्रको सवलीकरणका विषयहरू सशक्त रूपमा उठाउँदै शिक्षा पत्रकारितामा पु¥याएको योगदानका लागि ईस्टूले दवाडीलाई पुरस्कृत गरेको हो ।
ईस्टूका अध्यक्ष होमकुमार थापाले शिक्षा क्षेत्रको सबलीकरणका लागि निरन्तर कलम चलाउँदै आएकाले पत्रकार दवाडीलाई पुरस्कृत गरिएको बताए। कार्यक्रममा पत्रकार दवाडीलाई दोसल्ला, प्रमाणपत्र र नगदसहित पुरस्कृत गरिएको थियो।
कार्यक्रममा नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरी, नेपाल राष्ट्रिय शिक्षक संगठनकी कार्यवाहक अध्यक्ष तारा थापा, नेपाल अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारी, नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गगांराम तिवारी, नेपाल शिक्षक महासंघमा आवद्ध सम्बद्ध घटकका प्रतिनिधिहरू सहभागी थिए।
Comments
अरु समाचार
-
गायिका अञ्जु गौतम र गायक सुशील भट्टराईको स्वरमा ‘सयपत्री माला’ सार्वजनिक
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा देउसी–भैलोको मौलिकता र सांस्कृतिक रौनक बोकेको नयाँ गीत ‘सयपत्री माला’ सार्वजनिक...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
‘कुवाको पानी बाल्टिले तानी’ गीतले बटुल्दै दर्शक–श्रोताको माया
काठमाडौं। नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा मौलिक शब्द र सिर्जनामार्फत आफ्नो पहिचान स्थापित गर्दै आउनुभएका गीतकार सरोज खड्का ‘निर्दोष’ को पछिल्लो...
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै
काठमाडौँ । नवरात्रको तेस्रो दिन मङ्गलबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












