युक्रेनी आक्रमणमा रुसमा ठूलो क्षति, अहिलेसम्मकै शक्तिशाली आक्रमण भएको युक्रेनको दावी
काठमाडौं । युक्रेनले आइतबार रूसमा हालसम्मकै सबैभन्दा ठूलो लामो दूरीको आक्रमण सम्पन्न गरेको दाबी गरेको छ। बीबीसीका अनुसार उसले तस्करीमार्फत भित्र्याइएका ड्रोन प्रयोग गरी चार वटा सैन्य एयरबेसमा रहेका ४० वटा रूसी युद्धविमानमा आक्रमण गरेको जनाएको दाबी गरेको छ।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘स्पाइडर्स वेब’ नाम दिइएको यस अपरेसनमा युक्रेनी सुरक्षा निकाय एसबीयूद्वारा ११७ वटा ड्रोन प्रयोग गरिएको र तीमध्ये ३४ प्रतिशत रूसी क्रुज मिसाइल बोक्न सक्ने रणनीतिक बमवर्षक विमानहरूमा प्रहार गरिएको बताए। एसबीयूका स्रोतहरूले बीबीसीलाई बताएअनुसार यो हमलाको तयारीमा डेढ वर्ष लागेको थियो ।
रूसले पाँच वटा क्षेत्रहरूमा युक्रेनी हमला भएको पुष्टि गर्दै यसलाई ‘आतङ्कवादी कार्य’ भनेको छ। यता, रूस र युक्रेनबीच सोमबार टर्कीको इस्तानबुलमा शान्ति वार्ताको दोस्रो चरण सुरु हुँदैछ। वार्ता स्थानीय समय अनुसार दिउँसो १ बजे सुरु हुने अनुमान छ, तर दुवै पक्षबीच मतभेद धेरै भएकाले वार्ता हुने अपेक्षा भने न्यून छ।
यसैबीच, युक्रेनी अधिकारीहरूले पनि युक्रेनमा विशाल ड्रोन र मिसाइल आक्रमण भएको बताएका छन्। सोमबार बिहानै खार्किभमा भएको हमलामा एक ७ वर्षीया बालिका सहित ६ जना घाइते भएका छन्।
रूसको सरकारी समाचार संस्था आरआईएले पूर्वी क्षेत्रमा एक रेलमार्गमा आगो लगाउने प्रयास विफल बनाइएको जनाएको छ। उनीहरूले उक्त कार्य युक्रेनको निर्देशनमा दुई व्यक्तिले गर्ने प्रयास गरेको दाबी गरेका छन्।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २०२२ मा युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेका थिए। हाल रूसले युक्रेनको करिब २० प्रतिशत भूभाग नियन्त्रणमा लिएको छ, जसमा सन् २०१४ मा अधिग्रहण गरिएको क्राइमिया प्रायद्वीप पनि पर्छ।
एसबीयू स्रोतहरूका अनुसार आइतबारको हमला अत्यन्त जटिल थियो। ड्रोनहरू काठका सानो मोबाइल क्याबिनहरूमा लुकाएर ट्रकमा ल्याइएका थिए र ती क्याबिनका छानाहरू रिमोटबाट खोलेर तोकिएको समयमा ड्रोन प्रक्षेपण गरिएको थियो।
राष्ट्रपति जेलेन्स्कीले एसबीयू प्रमुख वासिल मलिउकलाई यस ‘पूर्णतः उत्कृष्ट नतिजा’को लागि बधाई दिँदै प्रत्येक ड्रोनको आफ्नै पाइलट रहेको बताए। ‘अब सार्वजनिक रूपमा भन्न सकिने सबैभन्दा रोचक कुरा हाम्रो अपरेसनको कार्यालय रूसको एफएसबी (राज्य सुरक्षा निकाय)को कार्यालय नजिकै रहेको थियो,’ उनले भने।
जेलेन्स्कीका अनुसार सबै सहभागीहरूलाई हमलाअघि सुरक्षित रूपमा रूसबाट बाहिर निकालिएको थियो। एसबीयूले रूसी रणनीतिक हवाइ शक्तिलाई करिब ७ अर्ब डलर बराबरको क्षति भएको दाबी गरेको छ, र थप विवरण चाँडै सार्वजनिक गर्ने बताएको छ। यद्यपि, यी दाबीहरू स्वतन्त्र रूपमा पुष्टि भएका छैनन्।
एसबीयूले चार रूसी एयरबेसमा हमला गरिएको जनाएको छ, जसमा दुई युक्रेनबाट हजारौं किलोमिटर टाढा छन् । यिनमा Tu-95 र Tu-22M3 नामका रणनीतिक बमवर्षक र ए-५० प्रारम्भिक चेतावनी दिने युद्धविमानहरू नष्ट भएको बताइएको छ।
इरकुत्स्कका गभर्नर इगोर कोबजेभले साइबेरियाको बेलाया एयरबेसमा आक्रमण ट्रकबाट प्रक्षेपित ड्रोनमार्फत गरिएको पुष्टि गरेका छन्। उनले सुरक्षित गरिएको स्थानमा खतरा नरहेको बताएका छन्।
रुसी सञ्चार माध्यमहरूले मुरमन्स्क र इरकुत्स्कमा हमला भएको रिपोर्ट गरिरहेका छन्। केही रिपोर्टमा कमाज ट्रकबाट ड्रोन प्रक्षेपण भएको भिडियो देखाइएको छ। रूसी रक्षा मन्त्रालयले आइतबार साँझ पाँच क्षेत्रका एयरबेसमा आक्रमण भएको स्वीकार गरेको छ। उसले इभानोभो, रियाजान र अमूर क्षेत्रमा सबै हमला निस्क्रिय गरिएको दाबी गरेको छ । यद्यपि अमूर आधार शिविरबारे एसबीयूले उल्लेख गरेको थिएन।
यसैबीच युक्रेनी अधिकारीहरूले ४७२ ड्रोन र सात वटा ब्यालिस्टिक तथा क्रुज मिसाइलहरूको रूसी आक्रमण भएको बताएका छन् । यो हालसम्मकै सबैभन्दा ठूलो एकल रूसी ड्रोन हमला हुनसक्ने अनुमान गरिएको छ। युक्रेनले तीमध्ये ३८५ हवाई लक्ष्यहरूलाई निस्क्रिय बनाएको दाबी गरेको छ।
अर्कोतर्फ, युक्रेनका जमीनी सेनाले एउटा प्रशिक्षण केन्द्रमा रूसी क्षेप्यास्त्र आक्रमणमा १२ सैनिक मारिएका र ६० भन्दा बढी घाइते भएको बताएका छन्। त्यसपछि जमीनी सेनाका प्रमुख मेजर जनरल मिखाइलो ड्रापात्यीले व्यक्तिगत जिम्मेवारीको महसुस गर्दै राजीनामा दिएका छन्।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












