ताजा समाचार

दक्षिण कोरियाली राष्ट्रपतिका लागि मतदान आज !

काठमाडौं । दक्षिण कोरियामा राष्ट्रपति चुनावका लागि मतदान भइरहेको छ ।

सैनिक शासन लगाउने प्रयास गरेपछि पूर्वराष्ट्रपति युन सुक योललाई पदबाट हटाइए पछि यहाँ निर्वाचन भएको हो ।

राष्ट्रपति चुनावमा मुख्य प्रतिस्पर्धी विपक्षी डेमोक्रयाटिक पार्टीका उम्मेदवार ली जे म्युङ र सत्तारुढ दलका किम मुन सू बीच छ। किम मुन युन सुक योलको मन्त्रिपरिषदका सदस्य थिए।

दक्षिण कोरियाका नयाँ राष्ट्रपतिका लागि सबैभन्दा चुनौती अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको करको सामना गर्नुपर्नेछ।

ट्रम्पले दक्षिण कोरियाबाट आउने स्टिलमा ५० प्रतिशत कर लगाउने घोषणा गरेका छन्। दक्षिण कोरिया अमेरिकामा स्टिल निर्यात गर्ने चौथो ठूलो देश हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org