अनलाइन जुवा खेलाउने १७ जना प्रहरी नियन्त्रणमा
काठमाडौं । अनलाइन जुवा (सट्टेबाजी) मा संलग्न गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न देशका व्यक्तिहरूलाई वाट्सएप र टेलिग्राममार्फत सम्पर्कमा ल्याई अनलाइन बेटिङ साइटको प्रयोग गरी व्यवसायिक रूपमा जुवा खेलाउने कार्यमा संलग्न १७ जना पक्राउ परेका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको जैनखेल र नख्खुस्थित दुई स्थानमा छापा मारेर पाँचजना भारतीय र १२ जना नेपाली नागरिकलाई पक्राउ गरेको हो ।
नख्खुस्थित सनराइज अपाटएमेन्टको फ्ल्याट भाडामा लिएर सट्टेबाजी खेल्नेरखेलाउने गरेको पाइएको एसपी काजीकुमार आचार्यले बताए ।पक्राउ पर्नेमा ठक्कर कुँवर ,तिलक खड्का, जित बहादुर महतो, राजेन्द्र ब महता (कञ्चनपुर), सुवाश खड्का (डोटी), विकाश थापा, डायमण्ड कुँवर, मनोज बोगटी (अछाम), अरविन खड्का (कैलाली), हर्कबहादुर खड्का (डोटी), पुर्ण दर्लामी (रुपन्देही), विष्णु कुमार राउत (दाङ) लगायत १२ नेपाली छन्।
बाँकी भारतको बिहारका दीपक कुमार सिंह, ऋषमराज, अंकित कुमार सिंह, धिरज कुमार सिंह र मोहित कुमार सिंह गरी पाँच जना भारतीय नागरिकलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरूले अनलाइन जुवामार्फत हालसम्म ८१ करोड ४७ लाख ५७ हजार ४४६ रूपैयाँ बराबरको कारोबार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको आचार्यको भनाइ छ ।
पक्राउ परेकाहरूबाट ल्यापटप १४ थान, सिमकार्ड राखिएका र नराखिएका ६० थान मोबाइल, विभिन्न बैंकको चेकबुक र पासबुक, विभिन्न व्यक्तिहरुको भिसा कार्ड र राहदानी बरामद गरिएको छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











