ठेकेदारसंग आर्थिक लेनदेनमा स्वास्थ्य सेवा विभागको रेकर्ड ब्रेक, बजारमा स्वास्थ्य सामाग्री अभाव
भाग १
काठमाडाैं । स्वास्थ्य सेवा विभागले ठेक्का प्रक्रियामा गरेका बार्गेनिङ र सेटिङराजका कारण बजारमा अत्यावश्यक स्वास्थ्य सामाग्रीको अभाव देखिने खतरा बढ्न थालेको छ ।
स्वास्थ्य सेवा विभागका कर्मचारीको सटिङ चुलिदै गर्दा स्वास्थ्य क्षेत्र नै संकटतर्फ हेलिएको स्रोतको दाबी छ । उसोतः कानूनले कुनै पनि निर्णय ६० दिनभित्रै गर्नुपर्ने व्यवस्था गरेको छ । तर, स्वास्थ्य सेवा विभागका कर्मचारीहरुले चलाएको सेटिङ धन्दाका कारण स्थिति तनावग्रस्त बन्न पुगेको छ । कयाैं महिना गुजार्दै कर्मचारीले सेटिङ चलाएपनि स्वास्थ्य मन्त्रालय निरिह बनेको आरोप लागिरहेको छ।
भ्रष्टाचार निवारण ऐन २०८१ मा समेत तोकिएको अवधिभित्र काम सम्पन्न नभएमा अख्तियारको दुरुपयोग भएको मानिने भनिएको छ । ऐनको दफा १७ लाई संशोधन गर्दै ‘१७ क’ मा निर्णय नगरी हानि नोक्सानी पुऱ्याउनेलाई सजायाम्बन्धि व्यवस्था गरिएकोछ । जसमा भनिएको छ, ‘कुनै राष्ट्रसेवकले कानून बमोजिम कुनै खास अवधिभित्र कुनै निर्णय गरिसक्नु पर्नेमा मनासिब कारण परेको अवस्थामा बाहेक जानी जानी आफू वा अरु कसैलाई लाभ लिई, दिई वा दिलाई बदनियतपूर्वक त्यस्तो निर्णय नगरेको कारणबाट सार्वजनिक संस्था वा व्यक्तिलाई हानि नोक्सानी पुग्न गएको रहेछ भने त्यस्तो राष्ट्रसेवकलाई कसूरको मात्रा अनुसार छ महिनासम्म कैद वा हानि नोक्सानीको बिगो खुलेकोमा बिगो बमोजिम र बिगो नखुलेकोमा पचास हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।’
यस्तै, उपदफा १ मा निर्णय गर्न नसक्ने स्थिति भएमा एक तहमाथिको अधिकारीालई सूचना दिनुपर्ने व्यवस्था समेत गरिएको छ । तर, स्वास्थ्य सेवा विभागमा यस्तो प्रचलन नरहेको स्रोतको दाबी छ ।
उसोतः सोहि दफाको उपदभा ४ ले निर्णय गर्नुपर्नेमा निर्णय नभई हानी नोक्सानी पुग्न गएको अवस्थामा कानून बमोजिम कारबाही गर्न वा क्षतिपूर्तिको माग गर्न सकिने समेत भनिएको छ । यस्तोमा विभागले कानूनी कारबाही गर्ला ? धेरैले प्रश्न गरिरहेका छन् ।
विभागका खरिद प्रमुख दयाकृष्ण पन्त, उपसचिव भीम देवकोटा, लेखा अधिकृत त्रिभुवन खनाल र विभागका शाखा अधिकृत विनोद सापकोटा लगायतले महानिर्देशक टंकप्रसाद बाराकोटीलाई हैरानीमा पारेका छन् । बाराकोटी सोझा भएकै कारण विभागको सेटिङ धन्दा चर्को बन्न पुगेको स्रोतको दाबी छ ।
स्वास्थ्य सेवा विभागमा चलिरहेको सेटिङ धन्दाबारे विभागका महानिर्देशक बाराकोटीलाई न्यूज नेपालले सोधेको प्रश्नमा उनले यस्तो विषय अस्वीकार गरे ।
ठेक्का किन नलागेका भन्ने विषयमा गरेका प्रश्नमा उनले लागत स्टिमेटभन्दा बढिमा ठेक्का परेपछि रोकिएको दाबी गरे । यस्तै, इम्प्लान्टमा समेत सिधै कम्पनीबाट किन्ने गरि तयारी चलिरहेको बाराकोटीले दाबी गरे ।
‘अन्य कर्मचारीको चंगुलमा त म किन पर्थें र । चैत्रको १ गते म विभागमा गएको हो । त्योभन्दा पनि डाङ विकाश देवकोटाले रोकेर राख्न भएका फाइलहरुको अनुसन्धान गर्ने काम चलिरहेको छ । केहि ठेक्कामा मिलेमतो देखिएको शंकापछि मैले स्थगन नै गरे । प्रणालीमा समस्या रहेको देखिए तत्काल रोक्ने र काबाही गर्नेमा म इछि हट्दिन । आर्थिक अपचलन वा लेनदेन भएको विषयमा जो कसैले पनि जानकारी दिए, आवश्यक कारबाही तत्काल हुन्छ ।’ महानिर्देशक बाराकोटीले भने ।
‘ठेक्कामा बार्गेनिङ चर्को छ । लेनदेन मिलेमा ठेक्का अघि बढ्छ । थोरै मात्रै मिलेन भने रद्द हुने धम्कीदेखि रद्द नै हुन्छन् ।’ विभागकै एक कर्मचारीले न्यूज नेपालसंग भने ।
पन्त, देवकोटा, खनाल र सापकोटाले तयार पारेको सेटिङ जालोका कारण स्वास्थ्य सेवा विभाग आर्थिक अपचलनको केन्द्र नै बन्न पुगेको स्रोतको दाबी छ। सेटिङकै कारण परिवार नियोजन, पोषण, स्वास्थ्य उपकरण लगायतका अत्यावश्यक स्वास्थ्य सामाग्रीको अभाव देखिन थालेको बताइन्छ ।
नेपाल सरकारको संघीय सरकारको जिम्मेवारीभित्र पर्ने परिवार नियोजनका साधनहरु कन्डम, डिपो, पिल्स, इम्प्लान्ट लगायतला सामाग्री समेत लेनदेन नमिलेपछि रोकिएको अवस्थामा छन् ।
पोषणसम्बन्धि स्वास्थ्य सामाग्री बजारमा हभाव देखिन थालिसकेको छ। भिटामिन ए, एफ-७५, एफ-१००, आरयुटीएफ लगायतका स्वास्थ्य सामाग्री अभाव सिर्जना भएपनि लेनदेन नमिल्दा तनाव सिर्जना भएको छ भने रविजविरुद्धको खोप समेत यहि अवस्थामा पुगेको स्रोतको दाबी छ ।
ठेक्कामा झेल र रद्दका श्रृङ्खला
DOHS/G/NCB-20/FWD-2081-082 को ठेक्का प्रक्रिया समेत लेनदेन नमिलेपछि रद्द गरिएको स्रोतको दाबी छ ।
विभागले ठेक्का प्रक्रियामा रहेका यस्ता कयाैं विषयमा रद्द, प्रक्रिया रोक्ने, बार्गेनिङ जारी रहेको जस्ता अवस्थामा छाडेको स्रोतको दाबी छ। जसमा केहि ठेक्का प्रक्रिया कस्ता छन त ? ती सूचीमा हेराैं ।
१. DOHS/G/NB-37.3/MD/2081-082 बार्गेनिङ चलिरहेको अवस्थामा ।
२. DOHS/G/NCB-37.1/MD-2081-082 सम्झाैता नभएको । आर्थिक प्रस्ताव खोलिसकेर पनि बार्गेनिङ नमिलेपछि बखेडा झिक्न थालेको ।
३. DOHS/G/NCB-20/FCD/2081-082 र DOHS/C/ICB-25/FWD 2081-082 रद्द गरिसकिएको अवस्थामा ।
४. सर्पदंशसम्बन्धि ठेक्का प्रक्रिया र पोषणसम्बन्धिको ठेक्कामा सम्झाैता गर्न आनाकानी गरिहेको अवस्थामा ।
५. DOHS/G/NCB-38/MD/2080-082 संकेत रहेको ठेक्कामा तीनवटा प्राविधिक प्रस्ताव परेकोमा बालाजी सर्जिकल सप्लायर्सका कारण काम प्रभावहीन बन्न पुगेको छ। यो सप्लायर्स खरिद शाखा प्रमुख दयाकृष्ण पन्त निकटमा व्यापारीको रहेको स्रोतको दाबी छ । तर, प्राविधिक रुपमा यो कम्पनी अयोग्य रहेपछि बाँकी दुई कम्पनीले कानूनी प्रावधक पुरा गरेपनि यो ठेक्कामा प्रक्रिया नै अघि नबढेको स्रोतको दाबी छ ।
६. DOHS/G/ICB-25/FWD/2080-082 मोलमोलाई नमिल्दा ठेक्का नै रद्द भएको अवस्थामा ।
विभागका यस्ता कयाैं चलखेल
स्वास्थ्य सेवा विभागभित्र यस्ता कयाैं चलखेलहरु छरपष्ट बनिरहेका छन् । ठेक्का संकेत र कोडसहित न्यूज नेपालले प्रश्न गरेपछि विभागका जिम्मेवार पदाधिकारीबीच कोलाहाल मच्चिएको छ ।
ठूलो मात्रामा आर्थिक प्रस्ताव लैजाने र ठेकेदारसंगको अनुचित लेनदेनपछि स्वास्थ्य सामाग्रीको गुणस्तरमा प्रश्न उठ्ने भएपनि विभाग यी विषयलाई सेटिङबाट प्राप्त हुने कमिसनमै रमाउने गरेको स्रोतको दाबी छ । उसोतः विभाग हुँदै स्वास्थ्य मन्त्रालयसम्म नै सेटिङको लाखाैं रकम आउने गरेको उच्च स्रोतको दाबी छ । तर, स्वास्थ्यमन्त्री प्रदीप पाैडेल भने यो विषयमा जानकारी नभएजसरी सुशासनको हाँक दिने गरेका छन् ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
वर्षापछि काठमाण्डाै उपत्यकाकाे वायु गुणस्तरमा सुधार
काठमाडाैं । गएकाे हप्ता तीव्र रूपमा वृद्धि भएको काठमाण्डाै उपत्यकाको वायु गुणस्तरमा सुधार आएको छ । सुक्खा मौसम र वन...












