अधिवक्ता शम्भु थापा पत्रकारको घेराबन्दीमा
काठमाडाैं । वरिष्ठ अधिवक्ता शम्भु थापाको हर्कतपछि पत्रकारहरुले आक्रोश पोख्न थालेका छन् ।
पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध अख्तियारले मुद्दा दर्ता गरेपछि सल्लाह दिन भन्दै नेकपा एकीकृत समाजवादीको कार्यालयमा पुगेका थापाले पत्रकारमाथि दुर्व्यहार गरेपछि यसको आलोचना र विरोध चर्किएको छ ।
प्रेस युनियनका अध्यक्ष शिव लम्सालले अधिवक्ता थापाको हर्कत निन्दनीय भन्दै माफी माग्नुपर्ने भनेका छन् । लम्सालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पत्रकारमाथि शम्भु थापाको दुर्व्यवहार निन्दनीय छ, माफी माग्नुपर्छ। मिडियाले बनाएको प्रोडक्टले नै डस्छ, समस्या हामीमै छ।’
थापाको अभिव्यक्तिपछि नेपाल बारका महासचिव केदार कोइरालाले रिसाउनुपर्ने कारण नभएको भन्दै आफू पनि आश्चार्यमा परेको बताएका छन् ।
यो पनिः के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
‘रिसाइहाल्नु पर्ने कारण त केहि थिएन् । यसरी पेश हुनु राम्रो होइन् । व्यक्तिगत रुपमा त के टिप्पणी रह्यो र । महासचिव कोइरालाले न्यूज नेपालसंग भने ।
थापा अनेक अभिव्यक्तिका कारण विवादमा तानिने शीर्ष पात्रमा पर्छन् । कहिले महान्यायाधिवक्तामाथि अमर्यादीत व्वयहार गर्छन त कहिले न्यायाधीशलाई घुस दिने गरेको जिकिर गर्छन् । यस्ता अभिव्यक्तिका कारण पनि कुनै कारबाहीमा नपरेका थापा थप अमर्यादीत बन्दै गएका छन् ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य वीरेन्द्र ओलीले समेत थापाको हर्कत निन्दनीय रहेको भन्दै आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जालमा भनेका छन्’, ‘वरिष्ठ अधिवक्ता शम्भु थापालाई बोल्न मन नलागे नबोल्दा हुन्छ । तर मिडियाकर्मीले फोटो खिच्दा क्यामेरा हुत्याएर फाल्नु प्रेस स्वतन्त्रता विरोधी हर्कत हो । यसको सशक्त रुपमा निन्दा र भ्रत्सना गरौं ।’
सम्बन्धि समाचारः संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता शम्भु थापाकै व्यक्ति केन्द्रित बहस, महान्यायाधिवक्ताको तर्क बलियो बन्दा जवाफमा लाञ्छना
थापाको अभिव्यक्तिपछि पत्रकारदेखि विभिन्न क्षेत्रक व्यक्तिहरुले विरोध जनाइरहेका छन् । थापाले अराजक शैली अपनाएको भन्दै सच्चिनुपर्नेमा जोड दिन थालिएको छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











