अधिवक्ता शम्भु थापा पत्रकारको घेराबन्दीमा
काठमाडाैं । वरिष्ठ अधिवक्ता शम्भु थापाको हर्कतपछि पत्रकारहरुले आक्रोश पोख्न थालेका छन् ।
पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध अख्तियारले मुद्दा दर्ता गरेपछि सल्लाह दिन भन्दै नेकपा एकीकृत समाजवादीको कार्यालयमा पुगेका थापाले पत्रकारमाथि दुर्व्यहार गरेपछि यसको आलोचना र विरोध चर्किएको छ ।
प्रेस युनियनका अध्यक्ष शिव लम्सालले अधिवक्ता थापाको हर्कत निन्दनीय भन्दै माफी माग्नुपर्ने भनेका छन् । लम्सालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पत्रकारमाथि शम्भु थापाको दुर्व्यवहार निन्दनीय छ, माफी माग्नुपर्छ। मिडियाले बनाएको प्रोडक्टले नै डस्छ, समस्या हामीमै छ।’
थापाको अभिव्यक्तिपछि नेपाल बारका महासचिव केदार कोइरालाले रिसाउनुपर्ने कारण नभएको भन्दै आफू पनि आश्चार्यमा परेको बताएका छन् ।
यो पनिः के वरिष्ठ अधिवक्ता शम्भु थापाका दिन सकिएकै हुन् ?
‘रिसाइहाल्नु पर्ने कारण त केहि थिएन् । यसरी पेश हुनु राम्रो होइन् । व्यक्तिगत रुपमा त के टिप्पणी रह्यो र । महासचिव कोइरालाले न्यूज नेपालसंग भने ।
थापा अनेक अभिव्यक्तिका कारण विवादमा तानिने शीर्ष पात्रमा पर्छन् । कहिले महान्यायाधिवक्तामाथि अमर्यादीत व्वयहार गर्छन त कहिले न्यायाधीशलाई घुस दिने गरेको जिकिर गर्छन् । यस्ता अभिव्यक्तिका कारण पनि कुनै कारबाहीमा नपरेका थापा थप अमर्यादीत बन्दै गएका छन् ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य वीरेन्द्र ओलीले समेत थापाको हर्कत निन्दनीय रहेको भन्दै आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जालमा भनेका छन्’, ‘वरिष्ठ अधिवक्ता शम्भु थापालाई बोल्न मन नलागे नबोल्दा हुन्छ । तर मिडियाकर्मीले फोटो खिच्दा क्यामेरा हुत्याएर फाल्नु प्रेस स्वतन्त्रता विरोधी हर्कत हो । यसको सशक्त रुपमा निन्दा र भ्रत्सना गरौं ।’
सम्बन्धि समाचारः संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता शम्भु थापाकै व्यक्ति केन्द्रित बहस, महान्यायाधिवक्ताको तर्क बलियो बन्दा जवाफमा लाञ्छना
थापाको अभिव्यक्तिपछि पत्रकारदेखि विभिन्न क्षेत्रक व्यक्तिहरुले विरोध जनाइरहेका छन् । थापाले अराजक शैली अपनाएको भन्दै सच्चिनुपर्नेमा जोड दिन थालिएको छ ।
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...












