स्कटल्याण्डसँग पछिल्ला ५ खेलमा अपराजित नेपाल, आज उच्च मनाेवलकासाथ मैदानमा उत्रने !
काठमाडौं । अन्तराष्ट्रिय क्रिकेटमा नेपाल र स्कटल्याण्ड चिरपरिचित प्रतिद्धन्दी हुन् । युरोपली मुलुक स्कटल्याण्ड र नेपालले हालसम्म नौं वटा अन्तराष्ट्रिय मान्यताप्राप्त ‘वान डे म्याच’ खेलेका छन् । जसमा तुलनात्मक रुपमा बलियो मानिएको टोली स्कटल्याण्डमाथि नेपालले दबदबा राख्दै उत्कृष्ट र कीर्तिमानी जित निकाल्न सफल भएको देखिन्छ । हालसम्म भएका नौं खेल मध्ये नेपालले ५ खेल जित्दा स्कटल्याण्डले ३ खेल खेलेको छ । एक खेल नतिजा बिहिन बनेको थियो ।
त्यस्तै, नेपालले जारी सिरिजमा उत्कृष्ट प्रर्दशन गरेर नेपालले बलिया टोली स्कटल्याण्ड र नेदरल्याण्डमाथि रोमाञ्चक र कीर्तिमानी जित निकाल्दै आफ्नो उत्कृष्ट लय कायम राख्न सफल बनेको छ । सिरिजमा स्कटल्याण्डसँगकाे पहिलो खेलमा पहिले बलिङ् गरेर २९६ रनको विसाल लक्ष्य पाएको नेपालले दाेस्राे इनिङमा अन्तिमसम्म टिक्दै उक्त लक्ष्य पूरा गर्दै किर्तिमानी जित निकाल्न सफल भएको थियो । यो नेपालले अन्तराष्ट्रिय क्रिकेटमा पूरा गरेको सबैभन्दा ठूलो लक्ष्य हो ।
नेपाल पछिल्ला ५ खेलमा स्कटल्याण्डमाथि हावी
लिग-२ मा स्कटल्याण्ड निकै बलियो टाेलि हाे । तर नेपालसँग भने निरीह बनेको देखिन्छ । नेपाल स्कटल्याण्डसँग सन् २०२३ देखि भएका ५ वटै खेलमा अपराजित छ । जसमा ४ खेल जित्दा १ खेल नतिजाविहीन छ । यस शृंखलाअघि पछिल्लोपटक सन् २०२४ अक्टोबरमा अमेरिकाको डलासमा भएको लिग २ शृंखलामा नेपालले स्क्टल्याण्डसँगको पहिलो खेल जित्दा दाेस्राे खेल वर्षाले प्रभावित हुँदा नतिजाविहीन भएको थियो ।
त्यसअघि नेपालले सन् २०२३ फेब्रुअरीमा कीर्तिपुरमा भएका दुवै खेलमा स्कटल्याण्डलाई हराएको थियो । त्यसबेला नेपालले २ विकेट र ३ विकेट अन्तरको जित निकालेको थियो ।
पछिल्लोपटक सन् २०२२ को डिसेम्बरमा नामिबियामा भएका दुवै खेलमा नेपाललाई हराएदेखि यता स्कटल्याण्डले नेपाललाई हराउन सकेको छैन । स्कटल्याण्ड जारि सिजनमा कुल १८ खेल खेलेर १० खेलमा जित र ६ खेलमा पाराजित हुँदै अंक तालिकाको चौंथो स्थानमा रहेको छ । भने यस शृंखलाका २ खेलमा जित निकालेपछि नेपाल अंक तालिकामा हाल १४ खेलबाट १० अंक सहित सातौं स्थानमा छ ।
त्यस्तै, आज नेपालले उच्च मनोबलका साथ आयोजक स्कटल्याणसँग सिरिजको आफ्नो तेस्रो तथा स्कटल्याणसँगाको दोस्रो खेल खेल्दै छ । खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ बजेदेखि डुन्डी मैदानमा सुरु हुनेछ । यो जारी शृंखलामा स्कटल्याण्डसँग दोस्रो खेल हो ।
नेपाली टोली
रोहित पौडेलको (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), आसिफ शेख, अनिल कुमार शाह, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुलशन झा, बसीर अहमद, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल र ललित नारायण राजवंशी
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











