स्कटल्याण्डसँग पछिल्ला ५ खेलमा अपराजित नेपाल, आज उच्च मनाेवलकासाथ मैदानमा उत्रने !
काठमाडौं । अन्तराष्ट्रिय क्रिकेटमा नेपाल र स्कटल्याण्ड चिरपरिचित प्रतिद्धन्दी हुन् । युरोपली मुलुक स्कटल्याण्ड र नेपालले हालसम्म नौं वटा अन्तराष्ट्रिय मान्यताप्राप्त ‘वान डे म्याच’ खेलेका छन् । जसमा तुलनात्मक रुपमा बलियो मानिएको टोली स्कटल्याण्डमाथि नेपालले दबदबा राख्दै उत्कृष्ट र कीर्तिमानी जित निकाल्न सफल भएको देखिन्छ । हालसम्म भएका नौं खेल मध्ये नेपालले ५ खेल जित्दा स्कटल्याण्डले ३ खेल खेलेको छ । एक खेल नतिजा बिहिन बनेको थियो ।
त्यस्तै, नेपालले जारी सिरिजमा उत्कृष्ट प्रर्दशन गरेर नेपालले बलिया टोली स्कटल्याण्ड र नेदरल्याण्डमाथि रोमाञ्चक र कीर्तिमानी जित निकाल्दै आफ्नो उत्कृष्ट लय कायम राख्न सफल बनेको छ । सिरिजमा स्कटल्याण्डसँगकाे पहिलो खेलमा पहिले बलिङ् गरेर २९६ रनको विसाल लक्ष्य पाएको नेपालले दाेस्राे इनिङमा अन्तिमसम्म टिक्दै उक्त लक्ष्य पूरा गर्दै किर्तिमानी जित निकाल्न सफल भएको थियो । यो नेपालले अन्तराष्ट्रिय क्रिकेटमा पूरा गरेको सबैभन्दा ठूलो लक्ष्य हो ।
नेपाल पछिल्ला ५ खेलमा स्कटल्याण्डमाथि हावी
लिग-२ मा स्कटल्याण्ड निकै बलियो टाेलि हाे । तर नेपालसँग भने निरीह बनेको देखिन्छ । नेपाल स्कटल्याण्डसँग सन् २०२३ देखि भएका ५ वटै खेलमा अपराजित छ । जसमा ४ खेल जित्दा १ खेल नतिजाविहीन छ । यस शृंखलाअघि पछिल्लोपटक सन् २०२४ अक्टोबरमा अमेरिकाको डलासमा भएको लिग २ शृंखलामा नेपालले स्क्टल्याण्डसँगको पहिलो खेल जित्दा दाेस्राे खेल वर्षाले प्रभावित हुँदा नतिजाविहीन भएको थियो ।
त्यसअघि नेपालले सन् २०२३ फेब्रुअरीमा कीर्तिपुरमा भएका दुवै खेलमा स्कटल्याण्डलाई हराएको थियो । त्यसबेला नेपालले २ विकेट र ३ विकेट अन्तरको जित निकालेको थियो ।
पछिल्लोपटक सन् २०२२ को डिसेम्बरमा नामिबियामा भएका दुवै खेलमा नेपाललाई हराएदेखि यता स्कटल्याण्डले नेपाललाई हराउन सकेको छैन । स्कटल्याण्ड जारि सिजनमा कुल १८ खेल खेलेर १० खेलमा जित र ६ खेलमा पाराजित हुँदै अंक तालिकाको चौंथो स्थानमा रहेको छ । भने यस शृंखलाका २ खेलमा जित निकालेपछि नेपाल अंक तालिकामा हाल १४ खेलबाट १० अंक सहित सातौं स्थानमा छ ।
त्यस्तै, आज नेपालले उच्च मनोबलका साथ आयोजक स्कटल्याणसँग सिरिजको आफ्नो तेस्रो तथा स्कटल्याणसँगाको दोस्रो खेल खेल्दै छ । खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ बजेदेखि डुन्डी मैदानमा सुरु हुनेछ । यो जारी शृंखलामा स्कटल्याण्डसँग दोस्रो खेल हो ।
नेपाली टोली
रोहित पौडेलको (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), आसिफ शेख, अनिल कुमार शाह, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुलशन झा, बसीर अहमद, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल र ललित नारायण राजवंशी
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












