लस एञ्जलसमा तनाव बढ्दो !
काठमाडौं । अमेरिकी राज्य लस एञ्जलसमा राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार राष्ट्रिय सुरक्षागार्डको असाधारण तैनाथपछि हजारौँ प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन् । प्रदर्शनकारीहरूले प्रमुख राजमार्ग (फ्रीवे) समेत अवरुद्ध गरेका हुन् ।
उनीहरूले स्वचालित गाडीहरूमा आगो लगाउँदा सुरक्षाकर्मीहरूले अश्रुग्याँस र रबरको गोली प्रहार गरेका थिए । भिड नियन्त्रण गर्ने विस्फोटक प्रयोग गरेपछि साँझतिर धेरैजसो प्रदर्शनकारी तितरबितर भएका थिए ।
तर केही प्रदर्शनकारीहरूले सडकमा बनाइएको अवरोध पछाडि बसेर प्रहरीमाथि ढुंगा, कङ्क्रिटका टुक्रा र आतसबाजी प्रहार गरिरहे। क्यालिफोर्निया हाइवे गस्तीका अधिकृतहरूमाथि समेत आक्रमण भएपछि उनीहरु ओभरपासको तल भागमा ओत लाग्न बाध्य भएका थिए।
४० लाख जनसङ्ख्या भएको लस एञ्जलसमा आइतबारको प्रदर्शन सहरको केन्द्र भागमा केन्द्रित थियो । ट्रम्पको आप्रवासन नीतिविरुद्ध तीन दिनदेखि भइरहेको विरोधको यो सबैभन्दा कडा प्रदर्शन भएको दिन थियो।
करिब ३०० सुरक्षागार्डको आगमनले जनतामा आक्रोश र भय थपिएको थियो । सुरक्षागार्डहरूलाई संघीय भवनहरू जोगाउन तैनाथ गरिएको थियो, विशेष गरी केन्द्रबिन्दु बनेको डिटेन्सन सेन्टरको सुरक्षाका लागि। लस एञ्जलस प्रहरी प्रमुख जिम म्याकडोनेलले प्रहरी ‘प्रदर्शनकारीको संख्याले थिचिएको’ स्वीकार गरेका छन् ।
बिहानैदेखि सुरक्षागार्डहरू लामबद्ध भई राइफल र दङ्गा नियन्त्रण ढालसहित उभिएका थिए। प्रदर्शनकारीहरू भने ‘घर फर्क’ भन्ने नारा लगाइरहेका थिए ।
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












