अशोक सिलवालको कृति ‘अप्प दीपो भवः’ पोतालामा सार्वजनिक
काठमाडाैं । अशोक सिलवालको ‘अप्प दीपो भवः’ सार्वजनिक भएको छ । तीर्थहरुको पनि महातीर्थ मानिने कैलाश मानसरोवरको रामोन्चक यात्रा समेटिएको सिलवालकृत ‘अप्प दीपो भवः’ ल्हासास्थित संसार प्रसिद्ध पोताला दरबारमा सार्वजनिक भएको हो ।
लेखक सिलवाल र एशोसिएसन अफ कैलाश टुर अपरेटर्स अफ नेपालका अध्यक्ष विमल नहर्कीले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन् ।‘तिब्बत गए पनि धेरै बर्षदेखि जान चाहेको ल्हासा जाँदै थिइनँ, पोताला जाँदै थिइनँ, म त मानसरोबर जाँदै थिएँ, कैलाश जाँदै थिएँ, कैलाश कोरा गर्न जाँदै थिएँ’, पुस्तक पाठमा त्यसो भनिए पनि सिलवालले पुस्तक सार्वजनिकचाहिँ ल्हासास्थित पोताला दरबार पुगेरै गरेका छन् ।
‘अप्प दीपो भवः’ सिलवालको चौथो पुस्तक हो, जहाँ तिब्बतस्थित कैलाश कोरा गर्दाका लौकिक–अलौकिक अनुभव लिपिवद्ध छन् । लाङटाङ सद्भावना दूत समेत रहेका सिलवालका यसअघि पत्रकारितालाई चिरफार गरिएको ‘कलम’, साहित्यका अन्तरकुन्तर खोतलिएको ‘लेखक दुनियाँ’ र यात्राका मीठामसिना समेटिएको ‘श्रीलंका स्मृति’ प्रकाशित छन् । पर्यटन प्रशिक्षकसमेत रहेका स्वतन्त्र पत्रकार सिलवाल डकुमेन्ट्री निर्देशक पनि हुन् ।
‘अप्प दीपो भवः अर्थात् आफ्नो प्रकाश आफै बन’, बुद्धको सूत्र वाक्य साभार गर्दै कृतिबारे सिलवालले यत्ति भने, ‘याे प्रकृति र अध्यात्मतिरकाे यात्रा हाे, आफैतिरकाे यात्रा हाे ।’
Comments
अरु समाचार
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...











