ताजा समाचार

रविन्द्र मिश्रलाई धरौटीमा छोड्न अदालतको आदेश

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र धरौटीमा छुट्ने भएका छन् । काठमाडौं जिल्ला अदालतले उनलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

आजको थुनछेक बहसपछि न्यायाधीश तारादेवी महर्जनको एकल इजलासले यस्तो आदेश गरेको हो । गत चैत १५ गते राजधानीको तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न रहेको अभियोगमा मिश्रविरुद्ध मुद्दा दायर भएको थियो ।

मद्दा दर्ता हुनअगावै बन्दी प्रत्यक्षीकरणको रिटले छुटेका उनी त्यसयता सम्पर्कविहीन रहेकोमा आज आफैँ अदालत हाजिर भएका थिए । यही मुद्दामा राप्रपाका महामन्त्री धवल शमशेर राणा पनि धरौटीमा छुटेका छन् । जिल्ला अदालतले हिजो तीन लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org