ताजा समाचार

आलमलाई सफाई दिने न्यायाधीश थारु र महर्जन न्याय परिषद् तानिए

काठमाडौं । पूर्वमन्त्री तथा कांग्रेस नेता अफ्ताव आलमलाई सफाई दिने न्यायाधीश न्याय परिषद्मा तानिएका छन् ।

जिउदै इट्टाभट्टामा मान्छे जलाएको आरोपमा जिल्ला अदालतको फैसला उल्ट्याउदै सफाई दिने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका न्यायाधीशद्वय डा. खुसीराम थारु र अर्जुन महर्जनविरुद्ध पीडितले उजुरी समेत दिएको अवस्थामा उनीहरु न्याय परिषद्मा तानिएका हुन् ।

आलमलाइ सफाई दिएपछि उनीहरुको चाैतर्फी आलोचना भइरहेको छ । न्याय परिषद्मा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले दुवै न्यायाधीशको सुरक्षामा ध्यान दिदै परिषद्मा तान्नुपर्ने प्रस्ताव राखेपनि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र कानूनमन्त्री अजय चाैरासियाले नमान्दा रोकिएको थियो । तर, अन्तिममा उनीहरु न्याय परिषद् तानिएका हुन् ।

यसबीचमा न्यायाधीश थारुविरुद्ध दुर्व्यवहार समेत भएको थियो । आलमलाई सफाई दिएपछि उनीहरूविरुद्ध न्यायपरिषदमा मृतक पिन्टु त्रिलोकका बुबाले समेत उजुरी दिएका थिए ।

परिषदको विहीबारको बैठकले एक सदस्यीय छानबिन समिति बनाएर उनीहरूलाई कार्यक्षेत्रबाट तानिएको एक सदस्यले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org