आजको राशिफलः २०८२ असार ६ गते शुक्रबार
मेषः आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। आशा देखाउनेहरूको भरपर्दा धोका पाइएला। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। खर्च तथा विवाद बढ्ने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला। पाउमा चोटपटकको योग देखिएकाले सजग रहनुहोला। नाम र दामका लागि गरिएको प्रयास अपूर्ण देखिए पनि यात्राको प्रक्रिया अघि बढ्नेछ।
वृषः नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनेछ, प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले दैनिकीमा परिवर्तन आउन सक्छ।
मिथुनः पुरुषार्थी काम गर्दै लक्ष्य प्राप्त गर्ने समय छ। रुचिका विषयमा लगानी बढाउने अवसर प्राप्त हुनेछ। तारिफयोग्य कामको चर्चा हुनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढाउन सकिनेछ। व्यवसायमा मनग्गे फाइदा हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मेहनतले नाम, दाम र इनाम दिलाउनेछ।
कर्कटः श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य कम मात्र पाइएला। आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। जीवनशैली व्यस्त रहनेछ र उपलब्धिविहीन काममा समय बित्न सक्छ। तापनि, गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। काम रोकिए पनि दिगो योजना बन्नेछ।
सिंहः सानातिना समस्याले केही अप्ठ्यारो परिस्थिति सिर्जना हुन सक्छ। स्वास्थ्य पनि अलि कमजोर रहनेछ। आलस्य गर्ने बानीले पहिलेकै काम दोहोर्याउनुपर्ला। सामान्य काममा अल्झनुपर्दा मुख्य काम रोकिन सक्छ। व्यवसायतर्फ हिसाबकिताबमा होसियार रहनुहोला। हडबडको त्रुटिले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। अध्ययनमा त्यति समय दिन नसकिएला।
कन्या ःपहिरन र योग्यताले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। घुमफिर तथा मनोरञ्जनको समय छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ। साथीभाइको सहयोग जुट्नाले काममा उत्साह जाग्नेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ।
तुलाः शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। मिहिनेतले प्रशस्त फाइदा दिलाउनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। व्यापारलगायत दिगो आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ।
वृश्चिकः समयतालिका नमिल्दा योजना अधुरै रहनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। स्वास्थ्य र अध्ययनमा कमजोरी अनुभूति हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। परिस्थितिवश आँटेको काम रोकिन सक्छ। सहयोगीहरूले साथ दिन छाड्नेछन् भने प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला।
धनुः नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले सजग रहनुपर्ला। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ। महत्त्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ।
मकरः छोटो समयमा विशेष उपलब्धि हातलागी हुनेछ। विभिन्न स्रोत-साधन प्राप्त हुनेछन् भने गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। नगद जुट्नाले दैनिकीमा परिवर्तन आउला। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ।
कुम्भः आत्मविश्वासको कमीले काममा पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दु:ख पाइनेछ। खर्च हुने डरले सताउन सक्छ। वादविवादबाट टाढा रहनुहोला। अर्थ अभावले पनि काममा बाधा पुग्नेछ। आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुहोला, आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउनेछ।
मीनः समय फुर्सदिलो रहनाले रमाइलो भेटघाट गर्ने अवसर प्राप्त हुनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। काममा साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।
Comments
अरु समाचार
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
विशेष परिस्थिति सिर्जना भएपछि उम्मेदवारी फिर्ताः राजेन्द्र गाैतम
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनमा उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र गाैतमले उम्मेदवारी फिर्ता लिएका छन् । विशेष आग्रहपछि...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...












