भिजिट भिसामा सेटिङः नारायणकाजीको ६ बुँदे खेलोफड्को र रवि कनेक्सन !
काठमाडाैं । भिजिट भिसा प्रकरणलाई व्यवस्थित पार्दै आर्थिक अशुलीलाई चेन अफ कमाण्डमा लैजाने तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले कार्यकालको केहि समय पहिलेमात्रै ६ बुँदे जारी गरेको पाइएको छ ।
कांग्रेस सांसद सुनिल शर्माले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई भन्दा पहिले नारायणकाजी श्रेष्ठलाई अनुसन्धान गर्नुपर्नेमा जोड दिएका छन् । नारायणकाजीले भिजिट भिसालाई व्यवस्थित र संगठित पारेको दाबी गरेका सांसद शर्माले नारायणकाजीमाथि गम्भीर अनुसन्धानको माग गरिरहेका छन भने उनको नियतमाथि समेत गम्भीर प्रश्न उठाइरहेका छन् ।
उपप्रधानसहित गृहमन्त्री बनेका तत्कालीन मन्त्री नारायणकाजी श्रेष्ठले २०८० माघ १० गते ६ बुँदे जारी गर्दै भिजिट भिसामा कडाई गरेजसरी काम अघि बढाएर अशुलीलाई व्यवस्थित पार्ने बाटो खोलेको पाइएको हो । ६ बुँदेमा स्वघोषणादेखि ५ सय अमेरिकी डलर सटहीलाई प्राथमिकता दिएका थिए ।
सामान्य मानिस विदेश भ्रमणमा जाने विषयलाई कडाई गर्दै भिजिट भिसा सेटिङमा संस्थागत रुपमै अशुली सहज हुने वातावरण तयार पारेको स्रोतको दाबी छ। २०७९ पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्ड २०८१ असार ३१ सम्म पदमा रहे । त्यो बीचमा नारायणकाजी गृह, परराष्ट्र जस्ता मन्त्रालय सम्हाल्न पुगे । तर, गृहमा उनले २०७९ चैत्र १७ गतेदेखि २०८० फागुन २१ गतेसम्म पद सम्हालेका थिए ।
गृहमन्त्री हुँदा हाइहाई कमाएका श्रेष्ठले कतै कस्ने, कतै फस्ने निर्णय गरेको स्रोतको दाबी छ । उनले गृहमन्त्री हुँदा भिजिट भिसा सेटिङ प्रकरणलाई व्यवस्थित पार्दै लगेको गृहकै एक कर्मचारीले बताएका छन् ।
उसतोः नारायणकाजी श्रेष्ठविरुद्ध अख्तियारले समेत अुनसन्धान गरिरहेको स्रोतको दाबी छ । अख्तियारले भिजिट भिसा प्रकरणमा मिहिन अनुसन्धानको काम गरिरहेको बेला अनुसन्धानको सुई नारायणकाजी श्रेष्ठसम्म पुगेपछि यो विषयलाई थप विश्लेषणात्मक ढंगले अनुसन्धानको दायरा फराकिलो बनाउदै लगेको स्रोतले न्यूज नेपाललाई बताएको छ ।
भिजिट भिसालाई संगठित रुपमा अशुलीको माध्यम बनाउन नारायणकाजीको सचिवालय नै सक्रिय रहेको स्रोतको दाबी छ । सागदी मन्त्री भन्दै उनीहरुले अनाैठो सेटिङ थिति बसाएको गृहप्रशासनका कर्मचारीहरुले नै कानेखुसी गर्ने गरेका छन् । सचिवालयले अर्जुनदृष्टीका साथ सेटिङमा काम गरेपनि यसको प्रभावकारी नियन्त्रण भने हुन नसकेको बताइन्छ ।
श्रेष्ठले भिजिट भिसालाई कडाई गर्न भन्दै संयुक्त अरब ईमिरेटस्, वहराईन, कुवेत, कतार, ओमन र साउदी अरेविया जस्ता मुलुकमा जान कडाई गरेका थिए । सर्वसाधारण सेटिङ बिना जानै नसक्ने स्थिति बनाएर अशुली धन्धालाई व्यवस्थित पारेपछि सेटिङको रकम ह्वारह्वार्ति आउन थालेको स्रोतको दाबी छ ।
‘भिजिट भिसामा पहिले पनि सेटिङ हुने गरेको थियो । तर, त्यो व्यवस्थित थिएन् । एउटाले अशुली गर्ने अनि अर्कोले भाग नपाउँदा सूचना चुहिने अनि पक्राउ पर्नेक्रम चलिरहन्थ्यो । श्रेष्ठले यसलाई व्यवस्थित पार्दै तलदेखि माथिसम्म ओहोदाअनुसारको रकम मिलाएर यस्ता सूचना आउन नै बन्दप्रायः पारिदिए । भिजिट भिसा प्रकरणमा विभिन्न सांकेतिक कोडदेखि सहजताका लागि अशुली समिति नै आन्तरिक रुपमा गठन गर्न थालियो । यसले सेटिङबाट सर्वसाधारणलाई प्रातडाना दिने काम तीब्र बन्यो ।’ गृहप्रशासनका एक उच्च अधिकारीले न्यूज नेपालसंग भने ।
नारायणकाजीपछि २०८० फागुन २३ गते गृहमन्त्री बन्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि त्यहि विषयलाई निरन्तरता दिए । उनी २०८१ असार ३१ सम्म छोटो समय गृहमन्त्री बनेपनि अशुली धन्दालाई निरन्तरता दिन पुगे ।
उसोतः रविको सचिवालयमा रहेका केहि व्यक्तिहरुले अमेरिकामा समेत रकम लगेको आरोप लाग्ने गरेको छ । अमेरिकामा लगानी गरेको विषय समेत चल्दै गर्दा रवि आफै सहकारी ठगी आरोपमा पूर्पक्षका लागि थुनामा पुगेपछि यो विषय सामसूम भएको छ ।
अझं, भिजिट भिसा प्रकरणमा संयुक्त अरब ईमिरेटस्, वहराईन, कुवेत, कतार, ओमन र साउदी अरेवियाजस्ता देशमा जान स्वघोषणा गर्नुपर्ने र त्यहाँ केहि आइलाागे आफै जिम्मेवार बन्नुपर्ने पत्रमा हस्ताक्षर गर्नुपर्ने प्रावधान राखिएको थियो । आफ्ना नागरिकको जिम्मा सरकारले लिनुको सट्टा विदेशमा केहि भए तिमी आफै जिम्मेवार बन भन्ने स्वघोषणा पत्रमा हस्ताक्षर गराएर आफू उम्किने प्रयास समेत गरेर चलाखी अपनाएको स्रोतको दाबी छ ।
‘स्वघोषणाले नागरिकले समस्या भोगे आफै जिम्मेवार बन्ने भनिएको थियो । यसको प्रमुख कारण, यात्रा गर्दा सेटिङ गर्नुपर्ने र त्यस्तो सेटिङको पैसाबारे प्रश्न उठ्ने खतरा हुन्थ्यो । यसैलाई रोक्न कडा स्वघोषणाको प्रावधान राखियो । नेता र कर्मचारी सबैको मिलेमतो हुँदा पीडामा पर्ने त सर्वसाधारण नै हुन् । चलाखी पनि कस्ता कस्ता हुने ।’ अध्यागमनका एक अधिकारीले न्यूज नेपालसंग भने ।
नोटः भिजिट भिसा प्रकरणमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले शुरुमा के भनेका थिए ? दुई बुँदे सम्झाैतापछि किन छानविनको मा गर्न थाले ? यो विषयमा समेत न्यूज नेपालले नयाँ तथ्य सार्वजनिक गर्नेछ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












