भिजिट भिसा प्रकरणः छानविन समितिको मागमा नारायणकाजीले के भनेका थिए ?
काठमाडाैं । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका पूर्वउपप्रधा एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भिजिट भिसा प्रकरणमा अहिले देखाइरहेको व्यवहारप्रति माओवादी नेताहरुले नै कटाक्ष गर्ने गरेका छन् ।
भिजिट भिसालाई व्यवस्थित पार्ने श्रेष्ठले माओवादी केन्द्रको पदाधिकारी बैठकको क्रममा भिजिट भिसा प्रकरणमा किन तनाव सिर्जना गरेको भन्दै प्रश्न गरेको स्रोतको दाबी छ ।
‘भिजिट भिसामा हाम्रो विरोध किन हो ? के का लागि राजीनामा र छानविनको कुरा हुँदैछ ? अख्तियारले कर्मचारी पक्राउ गरिसकेको छ । यसमा थप उत्तेजित हुन आवश्यक छैन् ।’ श्रेष्ठले खुमलटारमा बसेको पदाधिकारी बैठकमा बोलेको कुरा उदृत गर्दै एक पदाधिकारीले न्यूज नेपालसंग भने ।
आक्रमक पेश भएका श्रेष्ठले भिजिट भिसा प्रकरणमा धेरै उचालिन आवश्यक नरहेको भनेपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले चर्को विरोध गरेको स्रोतको दाबी छ ।
सम्बन्धित समाचारः भिजिट भिसामा सेटिङः नारायणकाजीको ६ बुँदे खेलोफड्को र रवि कनेक्सन !
पाण्डेले यो विषयलाई यत्तिकै छाड्न हुन्न भन्दै संसदमा माओवादी दह्रोे पेस हुनुपर्नेमा जोड दिएपछि माओवादी पदाधिकारी बैठकले सोहिअनुसार निर्णय गरेको बताइन्छ । तर, त्यसपछि भने श्रेष्ठले सार्वजनिक रुपमा माओवादीको अडान भन्दै कुर्लिन थालेका थिए ।
माओवादीले दुई बुँदे गर्दै सत्तापक्षसंग सम्झाैता गर्दा समेत उनले असन्तुष्टी पोखेका थिए । तर, उनको असन्तुष्टीको खास अर्थ नहुने माओवादीकै नेताहरुले बताउने गरेका छन् । ‘भिजिट भिसा प्रकरणमा छानविन समितिको कुरा नै आवश्यक नभएको भनेका नेताले यस्ता विषयमा तर्क गर्नुको खास अर्थ रहन्न ।’ एक शीर्ष नेताले भने ।
Comments
अरु समाचार
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
विशेष परिस्थिति सिर्जना भएपछि उम्मेदवारी फिर्ताः राजेन्द्र गाैतम
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनमा उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र गाैतमले उम्मेदवारी फिर्ता लिएका छन् । विशेष आग्रहपछि...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...
-
एमाले उपाध्यक्ष ज्ञवालीद्वारा सक्रिय राजनीतिबाट विश्राम लिएकोको घोषणा
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले सक्रिय राजनीतिबाट बाहिरिएको घोषणा गरेको छन् । पार्टीको ११औँ महाधिवेशनको बन्दसत्रस्थल भृकुटीमण्डपबाट उनले...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...












