भिजिट भिसा प्रकरणः छानविन समितिको मागमा नारायणकाजीले के भनेका थिए ?
काठमाडाैं । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका पूर्वउपप्रधा एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भिजिट भिसा प्रकरणमा अहिले देखाइरहेको व्यवहारप्रति माओवादी नेताहरुले नै कटाक्ष गर्ने गरेका छन् ।
भिजिट भिसालाई व्यवस्थित पार्ने श्रेष्ठले माओवादी केन्द्रको पदाधिकारी बैठकको क्रममा भिजिट भिसा प्रकरणमा किन तनाव सिर्जना गरेको भन्दै प्रश्न गरेको स्रोतको दाबी छ ।
‘भिजिट भिसामा हाम्रो विरोध किन हो ? के का लागि राजीनामा र छानविनको कुरा हुँदैछ ? अख्तियारले कर्मचारी पक्राउ गरिसकेको छ । यसमा थप उत्तेजित हुन आवश्यक छैन् ।’ श्रेष्ठले खुमलटारमा बसेको पदाधिकारी बैठकमा बोलेको कुरा उदृत गर्दै एक पदाधिकारीले न्यूज नेपालसंग भने ।
आक्रमक पेश भएका श्रेष्ठले भिजिट भिसा प्रकरणमा धेरै उचालिन आवश्यक नरहेको भनेपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले चर्को विरोध गरेको स्रोतको दाबी छ ।
सम्बन्धित समाचारः भिजिट भिसामा सेटिङः नारायणकाजीको ६ बुँदे खेलोफड्को र रवि कनेक्सन !
पाण्डेले यो विषयलाई यत्तिकै छाड्न हुन्न भन्दै संसदमा माओवादी दह्रोे पेस हुनुपर्नेमा जोड दिएपछि माओवादी पदाधिकारी बैठकले सोहिअनुसार निर्णय गरेको बताइन्छ । तर, त्यसपछि भने श्रेष्ठले सार्वजनिक रुपमा माओवादीको अडान भन्दै कुर्लिन थालेका थिए ।
माओवादीले दुई बुँदे गर्दै सत्तापक्षसंग सम्झाैता गर्दा समेत उनले असन्तुष्टी पोखेका थिए । तर, उनको असन्तुष्टीको खास अर्थ नहुने माओवादीकै नेताहरुले बताउने गरेका छन् । ‘भिजिट भिसा प्रकरणमा छानविन समितिको कुरा नै आवश्यक नभएको भनेका नेताले यस्ता विषयमा तर्क गर्नुको खास अर्थ रहन्न ।’ एक शीर्ष नेताले भने ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छालगायत विरुद्ध के विषयमा भयो मुद्धा दायर ?
काठमाण्डौ । सम्पत्ति शुद्धीकरण विभाग र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धानमा रहेका दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छा लगायतविरूद्ध...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...












