ताजा समाचार

प्रधानमन्त्री ओली र देउवाबीच किन भयो विशेष भेटवार्ता ?

काठमाडौं । प्रधामनन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सोमबार साँझ एक घण्टा छलफल भएको छ।

उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखकलाई लिएर देउवा बालुवाटार पुगेका थिए।

‘उहाँहरूबीच एक घण्टा छलफल भयो,’ स्रोतले सञ्चारमाध्यमसँग भन्यो, ‘क्याबिनेट बैठक अघि भेटघाट भएकोले केही विषयमा समझदारी जुटेको हुनुपर्छ।’

बालुवाटार र देउवा निकट स्रोतका अनुसार बजेट पारित गर्ने, टेक एण्ड पे फिर्ता लिने र भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने लगायत विषयमा छलफल भएर समझदारी पनि जुटेको छ। जसलाई अहिले केहीबेरपछि बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने सम्भावना छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org