इजरायलसँग युद्धविरामको कुनै सम्झौता भएको छैन : इरान
काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अराघचीले इजरायलसँग युद्धविराम सम्बन्धी कुनै सम्झौता नभएको बताएका छन् । तर, इजरायलले पहिले आक्रमण रोकेमा इरानले जवाफी कारबाहीलाई निरन्तरता दिने कुनै मनसाय नराखेको उनले बताएका छन् । अराघचीले इजरायलसँग युद्धविरामको कुनै सम्झौता नभए पनि इजरायलले इरानी समयअनुसार बिहान ४ बजेसम्म इरानमाथिको आक्रमण रोकेमा इरानले आफ्नो सैन्य जवाफ रोक्ने बताएका सीएनएनले जनाएको छ ।
“इरानले बारम्बार स्पष्ट गरिसकेको छ, इजरायलले इरानमाथि युद्ध सुरु गरेको हो, हामीले होइन,” अराघचीले एक्समा पोस्ट गर्दै भने, “हालसम्म, कुनै पनि युद्धविराम वा सैन्य कारबाहीको समाप्तिका लागि सम्झौता भएको छैन ।”अराघचीले इजरायलले इरानमाथिको गैरकानुनी आक्रमण तेहरानको समयअनुसार बिहान ४ बजेभन्दा ढिलो नहुने गरी रोकेमा, “हामी त्यसपछि हाम्रो जवाफलाई निरन्तरता दिने कुनै मनसाय राख्दैनौँ ।”सैन्य कारबाहीको समाप्तिको अन्तिम निर्णय पछि गरिने उनले बताएका छन् ।
यसअघि, अमेरकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले इजरायलले इरानले आफ्नो देशमा आक्रमण रोक्ने सर्तमा युद्धविराम सम्झौतामा सहमति जनाएको सीएनएनलाई बताएका थिए । र, इरानले ती सर्तहरूमा सहमति जनाएको बताइएको थियो । यसैबीच, इजरायलले तेहरानमा नयाँ आक्रमण सुरु गरेको इरानको सरकारी मिडियाले जनाएको छ ।
इजरायलले इरानको राजधानी तेहरानका विभिन्न क्षेत्रमा आक्रमणहरू सुरु गरेको छ । यो कारबाही इजरायलले पहिले तेहरान र डिस्ट्रिक्ट ६ का बासिन्दाहरूलाई त्यहाँ सैन्य कारबाही गर्ने चेतावनी दिएपछि भएको हो । यसअघि, सेनाले डिस्ट्रिक्ट ७ का लागि पनि निकासी चेतावनी जारी गरेको थियो ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












