पछिल्लो इजरायली आक्रमणमा ६०६ को मृत्यु, पाँच हजार घाइते
काठमाडौं । इरानका स्वास्थ्य मन्त्रीले १३ जुनदेखि १२ दिनसम्म चलेको इजरायली आक्रमणमा ६०६ जनाको मृत्यु भएको बताएका छन् । इरानी स्वास्थ्य मन्त्री मोहम्मद रजा जफरगनीका अनुसार, इजरायली आक्रमणहरूमा पाँच हजारभन्दा बढी मानिस घाइते भएका छन् । उनीहरूको उपचार चलिरहेको बीबीसीले जनाएको छ ।
तर, द्वन्द्वको निगरानी गर्ने मानव अधिकार समूह, ‘ह्युमन राइट्स एक्टिभिस्ट्स इन इरान’ले मृत्यु हुनेहरूको संख्या आधिकारिक तथ्यांकभन्दा लगभग दोब्बर रहेको बताएको छ । यो संस्थाले अहिले सम्म ९७४ जनाको मृत्यु भएको जनाएको छ । इरानी स्वास्थ्य मन्त्रीले इरानमा पछिल्लो २४ घण्टामा सबैभन्दा भीषण आक्रमणहरू भएका र त्यसमा १०७ जनाको मृत्यु भएको बताए ।
इरानी अधिकारीहरू र सरकारी टेलिभिजनले बताएअनुसार ११ दिनको द्वन्द्व समाप्त गर्ने युद्धविराम लागु हुनुभन्दा केही घण्टाअघि उत्तरी इरानमा भएको रातभरको इजरायली आक्रमणमा एक वरिष्ठ आणविक वैज्ञानिकसहित नौ जनाको मृत्यु भएको थियो ।
सरकारी टेलिभिजनले बताए अनुसार वैज्ञानिक मोहम्मद रजा सेद्दिकी साबेरको गिलान प्रान्तको अस्ताने–ये असरफियेहमा रहेको आफ्ना आमाबुवाको घरमा हत्या भएको हो ।
गिलानका उप–गभर्नरले एक आवासीय भवनमा भएको विस्फोटले चारवटा अपार्टमेन्टहरू नष्ट भएको बताए । इजरायलतर्फ भने अहिले सम्म २८ जनाको मृत्यु भएको बताइएको छ ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












