मदन भण्डारी राष्ट्रिय पुरस्कार आङ छिरिङ शेर्पालाई
काठमाडौँ । यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार हिमाल बचाउ अभियानका अभियन्ता आङ छिरिङ शेर्पालाई दिइने भएको छ ।
मदन भण्डारी फाउण्डेशनले आज पत्रकार सम्मेलनको आयोजना गरी जननेता भण्डारीको ७४ औँ जन्मजयन्तीका अवसरमा यही असार १४ गते उक्त पुरस्कार प्रदान गरिने जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा पुरस्कार छनौट समितिका संयोजक एवम् फाउण्डेशनका सचिवालय सदस्य रामशरण प्याकुरेलले हाम्रा हिमालहरू दुःख पीडामा छन् भन्ने अभियानलाई अन्तर्राष्ट्रिय रुपमा विस्तार गरी जलवायु परिवर्तन, हिमाल बचाउ र सफाइ अभियानका साथै नेपालको पर्यटन विकासमा समेत विशिष्ट योगदान पुर्याए बापत शेर्पालाई पुरस्कृत गरिन लागिएको जानकारी दिनुभयो ।
२०६८ सालदेखि प्रत्येक वर्ष जननेता मदन भण्डारीको जन्मजयन्तीका अवसरमा विभिन्न क्षेत्रमा राष्ट्रिय योगदान पुर्याउने व्यक्तित्वहरूलाई फाउण्डेशनले पुरस्कृत गर्दै आएको छ । उक्त पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












