प्रधानमन्त्री ओलीले स्पेनी समकक्षी सान्चेजसंग भेटवार्ता गर्ने
काठमाडाैं । स्पेनको औपचारिक भ्रमणमा जान लागेका प्रधानमन्त्री केपी ओलीले स्पेनी समकक्षी पेद्रो सान्चेजसंग भेटवार्ता गर्ने भएका छन् ।
सन २०१८ मा स्पेनमा नेपाली राजदूतावास स्थापना भएपछि प्रधानमन्त्री केपी ओलीको यो विदेश भ्रमण पहिलो उच्चस्तरिय अवसर हो ।
संयुक्त राष्ट्रसंघीय विकासका लागि वित्त कार्यक्रमको चौथो सम्मेलनमा भाग लिनका लागि स्पेन जान लागेका प्रधानमन्त्री ओलले आगामी सोमबार (जुन ३०) स्पेनी समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको बताइएको छ ।
स्पेनस्थित नेपाली राजदूत शनिल नेपालका अनुसार दुई प्रधानमन्त्रीबीच सेभियामा आधा घण्टा लामो भेटवार्ता हुनेछ।
उसोतः नेपाल-स्पेन सम्बन्धमा यसअघि पनि केही ऐतिहासिक क्षणहरू रहिआएका छन्। सन् १९८३ मा स्व. राजा वीरेन्द्र र रानी ऐश्वर्यले स्पेनको राजकीय भ्रमण गरेका थिए। सो अवसरमा सांस्कृतिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो।
त्यसको चार वर्षपछि, सन् १९८७ मा स्पेनका राजा खुआन कार्लोस र रानी सोफियाले नेपाल भ्रमण गरेका थिए। यस्तै, सन् १९८४ मा राजा वीरेन्द्रले स्पेनी जनता र सरकारलाई ‘हिमालयन रेड पाण्डा’को एक जोडी उपहार दिएका थिए ।
नेपाल-स्पेनबीच औपचारिक कूटनीतिक सम्बन्ध सन् १९६८ को मे १३ मा स्थापना भएको हो।
Comments
अरु समाचार
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
विश्वकप २०२६: समूह चरण सकियो, अन्तिम ३२ टोलीको भिडन्त तय
काठमाडौं । ४८ टोली सहभागी पहिलो पटकको विस्तारित विश्वकप फुटबलको समूह चरण सम्पन्न भएसँगै नकआउट चरणमा पुग्ने अन्तिम ३२ टोलीको...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...












