धुलिखेल नगरपालिका र आली प्रिफेक्चरबीच भगिनी सम्बन्ध स्थापना
काठमाण्डौ । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सवको अवसरमा नेपाली महावाणिज्यदूतावास, ल्हासा र सिजाङ स्वायत्त प्रदेश सरकारको वैदेशिक विभागको सहआयोजनामा नेपाल र चीनका भगिनी शहरहरूबीच समन्वय तथा अनुभव आदान–प्रदान बैठक ल्हासास्थित साङ्ग्रिला होटलमा सम्पन्न भएको छ ।
सन् १९९९ मा बनेपा र सिगात्से नगरबीचको सम्बन्धबाट सुरु भएको भगिनी शहर सम्बन्ध २५ वर्ष पुगेको अवसरमा आयोजना गरिएको यो कार्यक्रम इतिहासमै पहिलोपटक सबै सम्बद्ध नगरपालिकालाई समेटेर गरिएको हो।
नेपालबाट पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य नेतृत्वको प्रतिनिधिमण्डलमा बागमती प्रदेश सरकार, काठमाडौं, पोखरा, भरतपुर, धुलिखेल, बनेपा, जिरी, टोखा र भक्तपुरका प्रतिनिधिसहित २१ जनाको सहभागिता थियो। चिनियाँ पक्षबाट ल्हासा, सिगात्से, लिन्ची, नाक्चु, सान्नान, कारुओ नगर र आली प्रिफेक्चरको सहभागिता रहेको थियो।
कार्यक्रम उद्घाटनमा सिजाङ सरकारका उपाध्यक्ष झाओ पिंगले नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरे। नेपाली पक्षका प्रमुख प्रतिनिधि मेयर आचार्यले चिनियाँ पक्षको न्यानो आतिथ्य र भविष्य निर्माणमा देखिएको सक्रियता प्रति आभार प्रकट गरे।
बागमती प्रदेशका प्रमुख सचिव भूपाल बरालले पर्यटन, शिक्षा, व्यापार, प्रविधि लगायतका क्षेत्रमा सहकार्यको सम्भावनाबारे चर्चा गरे। महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले कार्यक्रमले दुई देशबीचको सम्बन्ध अझ बलियो बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रमको अवसरमा धुलिखेल नगरपालिका र आली प्रिफेक्चरबीच भगिनी सम्बन्ध स्थापनाका लागि आसयपत्रमा हस्ताक्षर समेत भएको छ।
नेपाली प्रतिनिधिहरूले पारस्परिक सहयोगमार्फत नेपाल–चीन सम्बन्ध अझ सशक्त र अर्थपूर्ण बन्ने विश्वास व्यक्त गरेका छन्।
Comments
अरु समाचार
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
BREAKING: एमाले उपाध्यक्ष विष्णु पाैडेल पक्राउ
काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागले पक्राउ गरेको छ। एमाले उपाध्यक्ष पाैडेललाई विभागले सम्पत्ति शुद्धिकरणको अभियोगमा अनुसन्धानका...
-
व्यवसायिक कारोबारलाई अपराधीकरण गर्दै राज्यले प्रतिशोधपूर्ण ढंगले प्रस्तुत गर्योः दीपक भट्ट
काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा धितोपत्र कारोबारसँग सम्बन्धित अनुसन्धानमा मुछिएका व्यवसायी दीपक भट्टले आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै राज्य निकायले...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
दीपक भट्टविरुद्ध २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बिगो दाबी सम्पत्ति शुद्धिकरण मुद्दा दर्ता शुरु
काठमाडौं । २२ अर्ब ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै दीपक भट्टसमेत ३९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...












