‘नेपाल मुलका विदेशी नागरिक (पीएनओ)’ लाई परिचयपत्र उपलब्ध गराउन माग
काठमाडौं। थाइल्यान्डमा स्वास्थ्यमन्त्री प्रदीप पौडेलसँग विभिन्न संघसंस्थाका प्रतिनिधिसँग महत्वपूर्ण भेटघाट भएको छ । थाइ नेपाली संघ, एनआरएनए, यूएन एम्बेसी, नेपाल एयरलाइन्सलगायत विभिन्न संघसंस्थाका पदाधिकारी तथा प्रतिनिधिसँग महत्वपूर्ण भेटघाट भएको हो ।
स्वास्थ्यमन्त्री पौडेलले नेपालमा स्वास्थ्य क्षेत्रको विकासका लागि हुँदै गरेका काम, प्रयास, योजनालगायतका सम्बन्धमा चर्चा गर्नुभयो । मन्त्री पौडेलले थाइल्यान्ड सरकारले गरिब जनतालाई दिएका स्वास्थ्य सेवा, बीमालगातयका सुविधाहरुको जानकारी लिनु भयो । बाहिरी देशबाट लगानी बढाएर नेपालको कसरी आर्थिक विकास गर्न सकिन्छ भन्ने सम्बन्धमा मन्त्री पौडेलले चासो राख्नु भयो । नेपालमा लगानी गर्नका लागि उहाँले सबैलाई आग्रह पनि गर्नुभयो । विदेशका नागरिकहरुलाई नेपालमा कसरी जोड्न सकिन्छ र उनीहरुको सीप, क्षमता कसरी प्रयोगमा ल्याउन सकिन्छ भन्ने सम्बनधमा पनि मन्त्री पौडेलले चासो राख्नु भएको थियो ।
स्वास्थ्यमन्त्री पौडेल यूएनको कार्यक्रममा सहभागी हुन जाने क्रममा अन्य संघसंस्थाका पदाधिकारीसँग पनि भेटघाट गर्नु भएको हो । मन्त्री पौडेलले यूएनको कार्यक्रममा सहभागी हुँदा विकाससम्बन्धी धेरै अनुभव लिनु भएको र ती अनुभवहरु नेपालमा पनि लागु गर्न सकिने सम्भावना देखेको भनाइ राख्नु भएको थियो । उहाँले थाइल्याण्ड, बर्मा, फिजी, मलेसियालगायत विभिन्न देशमा बसोबास गरिरहेका नेपालीहरु र उनीहरु त्यहाँ कसरी आइपुगे भन्ने सम्बन्धमा पनि जानकारी लिनु भयो । उहाँको जिज्ञासालाई थाइ नेपाली संघ, एनआरएनएलगायत संस्थाका पदाधिकारीहरुले प्रष्ट पारिदिएका थिए ।
कार्यक्रममा पीपुल अफ नेपाली अरिजिन (पीएनओ) को सम्बन्धमा स्वास्थ्यमन्त्री पौडेललाई ध्यानाकर्षण गराइएको पीपुल अफ नेपाली अरिजिन (पीएनओ) का अध्यक्ष तथा थाई नेपाली संघका वर्तमान संरक्षक कुमार कार्कीले न्यूज नेपाललाई जानकारी दिनु भयो । नेपाल मुलका विदेशी नागरिक (पीएनओ)’ लाई परिचयपत्र उपलब्ध गराउन मन्त्री पौडेलसँग माग गरिएको कार्कीले बताउनु भयो । अध्यक्ष कार्कीले भन्नुभयो, “बाहिर आएका नेपालीहरुलाई नेपाल सरकारले अझै पनि परिचयपत्र दिएको छैन, हाम्रो माग एनआरएनएलाई जस्तै परिचयपत्र देओस् भन्ने हो ।” पीएनओ, थाइ नेपाली संघ र थाइल्याण्ड एनआरएनएको तर्फबाट परिचयपत्र उपलब्ध गराउन निवेदनपत्र पेस गरिएको थियो ।
योभन्दा अगाडि पनि नेपालका वर्तमान तथा पूर्वप्रधानमन्त्री, मन्त्री, सांसद, सचिवहरुलगायतसँग भेटघाट गरेर निवेदनपत्र पेस गरेको कार्कीले बताउनु भयो । मन्त्री पौडेलसँग भेटघाट गर्न पाउँदा खुसी लागेको कार्कीले प्रतिक्रिया दिनु भयो ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












