एसईईमा एभरेष्ट सेकेन्डरी स्कुलको उत्कृष्टता कायमै, दुई विद्यार्थीले ल्याए ४ जीपीए
विराटनगर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा एभरेष्ट सेकेन्डरी स्कुल विराटनगरले उत्कृष्टता नतिजा हासिल गरेको छ । संस्थागत विद्यालयतर्फ सँधै उत्कृष्ट नतिजा हाँसिल गर्दै आएको एभरेस्ट स्कुलले २०८१ को एसईई परीक्षामा पनि उत्कृष्ट नतिजा हासिल गरेको हो ।
शुक्रबार साँझ प्रकासित नतिजा अनुसार एभरेष्ट माविका दुई विद्यार्थीले सर्वोत्कृष्ट ४ जीपीए प्राप्त गरेका छन् । विद्यार्थीहरू प्रेम खतिवडा र कृति गोयल ४ जीपीए हासिल गर्न सफल भएका हुन् । एभरेष्टबाट २०८० को एसईईमा तीन विद्यार्थीले जीपीए ४ प्राप्त गरेका थिए ।
१७१ जना विद्यार्थीले परीक्षा दिएकोमा १३३ जना विद्यार्थीले ३.६१ देखि ४ जीपीए प्राप्त गरेका विद्यालय प्रशासनले जनाएको छ । यस्तै बाँकी ३८ जना विद्यार्थीले समेत ३ दशमलव २१ देखि ३ दशमलव ६ जीपीए प्राप्त गरेका छन् ।
एभरेष्ट सेकेन्डरी स्कुल २५ औं ब्याचसम्म आइपुग्दा शैक्षिक गुणस्तर निरन्तर उकालो लाग्दै आएको छ । यो विद्यालय भौतिक पूर्वाधारसहित शैक्षिक वातावरणमा कोशी प्रदेशकै अब्बल शैक्षिक संस्थाको रुपमा परिचित भएको छ । एभरेष्ट स्कुलले विद्यार्थीको शिक्षाको गुणस्तर, ब्यक्तित्व विकास र चरित्रवान बनाउन निरन्तर खोज तथा अनुसन्धान गर्दै विभिन्न कार्यक्रम आयोजना गर्दैै आएको छ ।
प्रिन्सिपल टिकाराम पुरीले अहिलेको नतिजा विगतकै निरन्तरता रहेको सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएका छन् । उनले भने, ‘एभरेष्टको नतिजा इतिहासकै निरन्तरता हो, हरेकवर्ष एसईईको नतिजा उत्कृष्ट बनाउन निरन्तर लागिरहेका छौं ।’
विद्यार्थीको सर्वाङ्गिण विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको एभरेष्टले विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुसँग पनि सहकार्य गर्दै आएको छ । भारतको दिल्लीमा सफल अभ्यास भएको ह्यापिनेश करिकुलम, विश्वस्तरीय कम्प्युटर सिकाईका लागि बेलायतको डिजी स्कुल, विभिन्न खोज तथा अनुसन्धानका लागि कारखानालगायतका विभिन्न संस्थाहरुसँग एभरेष्टको सहकार्य गरेको छ ।
शिक्षण सिकाई सैद्धान्तिक, प्रयोगात्मक, प्रविधिमैत्रि र नैतिक शिक्षाको सन्तुलनसहितको हुनुपर्नेमा जोड दिँदै एभरेष्ट स्कुल ‘विश्वस्तरीय भौतिक पूर्वाधार, विश्वस्तरीय सिकाई’ नाराका साथ अघि बढेको छ । हरेक कक्षा कोठा वातानुकुलित बनाएको यस विद्यालयले अतिरिक्त क्रियाकलाप र खेलकुदका क्षेत्रलाई उत्तिकै महत्व दिएको छ ।
एभरेष्ट कलेज परिसर भित्रै फुटबल मैदान, ब्याडमिन्टन, भलिबल तथा बास्केटबल कोर्ट, टेबल टेनिस, मार्सल आर्ट, तेक्वोन्दोका लागि कवर्ड हल अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिएको छ । यस्तै, संगीत तथा नृत्यका लागि छुट्टै हल निर्माण गरेर बालबालिकाको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराएर एभरेष्टले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । यस्तै पटकपटक राष्ट्रिय तथा क्षेत्रीय पुरस्कार प्राप्त गर्दै यस विद्यालयले आफ्नो शैक्षिक गुणस्तरको निरन्तरता राखेको पुष्टि गरेको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...













