एसईईमा एभरेष्ट सेकेन्डरी स्कुलको उत्कृष्टता कायमै, दुई विद्यार्थीले ल्याए ४ जीपीए
विराटनगर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा एभरेष्ट सेकेन्डरी स्कुल विराटनगरले उत्कृष्टता नतिजा हासिल गरेको छ । संस्थागत विद्यालयतर्फ सँधै उत्कृष्ट नतिजा हाँसिल गर्दै आएको एभरेस्ट स्कुलले २०८१ को एसईई परीक्षामा पनि उत्कृष्ट नतिजा हासिल गरेको हो ।
शुक्रबार साँझ प्रकासित नतिजा अनुसार एभरेष्ट माविका दुई विद्यार्थीले सर्वोत्कृष्ट ४ जीपीए प्राप्त गरेका छन् । विद्यार्थीहरू प्रेम खतिवडा र कृति गोयल ४ जीपीए हासिल गर्न सफल भएका हुन् । एभरेष्टबाट २०८० को एसईईमा तीन विद्यार्थीले जीपीए ४ प्राप्त गरेका थिए ।
१७१ जना विद्यार्थीले परीक्षा दिएकोमा १३३ जना विद्यार्थीले ३.६१ देखि ४ जीपीए प्राप्त गरेका विद्यालय प्रशासनले जनाएको छ । यस्तै बाँकी ३८ जना विद्यार्थीले समेत ३ दशमलव २१ देखि ३ दशमलव ६ जीपीए प्राप्त गरेका छन् ।
एभरेष्ट सेकेन्डरी स्कुल २५ औं ब्याचसम्म आइपुग्दा शैक्षिक गुणस्तर निरन्तर उकालो लाग्दै आएको छ । यो विद्यालय भौतिक पूर्वाधारसहित शैक्षिक वातावरणमा कोशी प्रदेशकै अब्बल शैक्षिक संस्थाको रुपमा परिचित भएको छ । एभरेष्ट स्कुलले विद्यार्थीको शिक्षाको गुणस्तर, ब्यक्तित्व विकास र चरित्रवान बनाउन निरन्तर खोज तथा अनुसन्धान गर्दै विभिन्न कार्यक्रम आयोजना गर्दैै आएको छ ।
प्रिन्सिपल टिकाराम पुरीले अहिलेको नतिजा विगतकै निरन्तरता रहेको सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएका छन् । उनले भने, ‘एभरेष्टको नतिजा इतिहासकै निरन्तरता हो, हरेकवर्ष एसईईको नतिजा उत्कृष्ट बनाउन निरन्तर लागिरहेका छौं ।’
विद्यार्थीको सर्वाङ्गिण विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको एभरेष्टले विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुसँग पनि सहकार्य गर्दै आएको छ । भारतको दिल्लीमा सफल अभ्यास भएको ह्यापिनेश करिकुलम, विश्वस्तरीय कम्प्युटर सिकाईका लागि बेलायतको डिजी स्कुल, विभिन्न खोज तथा अनुसन्धानका लागि कारखानालगायतका विभिन्न संस्थाहरुसँग एभरेष्टको सहकार्य गरेको छ ।
शिक्षण सिकाई सैद्धान्तिक, प्रयोगात्मक, प्रविधिमैत्रि र नैतिक शिक्षाको सन्तुलनसहितको हुनुपर्नेमा जोड दिँदै एभरेष्ट स्कुल ‘विश्वस्तरीय भौतिक पूर्वाधार, विश्वस्तरीय सिकाई’ नाराका साथ अघि बढेको छ । हरेक कक्षा कोठा वातानुकुलित बनाएको यस विद्यालयले अतिरिक्त क्रियाकलाप र खेलकुदका क्षेत्रलाई उत्तिकै महत्व दिएको छ ।
एभरेष्ट कलेज परिसर भित्रै फुटबल मैदान, ब्याडमिन्टन, भलिबल तथा बास्केटबल कोर्ट, टेबल टेनिस, मार्सल आर्ट, तेक्वोन्दोका लागि कवर्ड हल अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिएको छ । यस्तै, संगीत तथा नृत्यका लागि छुट्टै हल निर्माण गरेर बालबालिकाको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराएर एभरेष्टले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । यस्तै पटकपटक राष्ट्रिय तथा क्षेत्रीय पुरस्कार प्राप्त गर्दै यस विद्यालयले आफ्नो शैक्षिक गुणस्तरको निरन्तरता राखेको पुष्टि गरेको छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...












