‘सिक्दै सिकाउँदै कमाउँदै सिक्दै’: महेन्द्रग्राम माविका विद्यार्थीलाई कपाल काट्ने तालिम
काठमाडौं (केशव भट्टराई)। भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडाल स्थित महेन्द्रग्राम माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई कपाल काट्ने तालिम दिइँदैछ । बागमती प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास मन्त्रालयको सामुदायिक विद्यालयमा ‘सिक्दै सिकाउँदै कमाउँदै सिक्दै’ कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१ अन्तर्गत तीनमहिने तालिम सञ्चालन भइरहेको हो । यस तालिममा कक्षा ९ मा अध्ययरत २८ जना विद्यार्थी सहभागी छन् । गत जेठ २६ गतेदेखि सञ्चालन भइरहेको यो तालिम भदौ २६ गतेसम्म अथार्त तीन महिनासम्म सञ्चालन हुनेछ ।
काठमाडौं उपत्यकाभित्र दिइने विभिन्न सिपमुलक तालिमको सहजीकरण सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको सामाजिक विकास कार्यालयले गरिरहेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार बुढाथोकीले यो तालिम सिकेपछि विद्यार्थीहरुले अध्ययनका सिलसिलामा आवश्यक पर्ने खर्च जुटाउन सक्ने जनाउनु भयो । उहाँले तालिम सिकेपछि विद्यालयमा नै केही विद्यार्थीहरुलाई छुट्टीको समय मिलाएर ठाउँ उपलब्ध गराउने आफैंले व्यवस्थापन गरिदिने जनाउनु भयो । अध्यक्ष बुढाथोकीले भन्नुभयो,’ विद्यार्थीहरुले आफ्नै घरपायकमा पनि यो सीप प्रयोग गरेर सिक्दै कमाउँदै, कमाउँदै सिक्दै गर्न सक्नेछन् ।’
विदालय शिक्षक अभिभावक संघका अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठले युवाहरु विदेश पलायन भइरहेको अवस्थामा अहिले नै विद्यार्थीहरुलाई यस्ता तालिम दिएमा उपलब्धिमुलक हुने भनाइ राख्नु भयो । यस्ता सीपले स्वदेशमा रहेर काम गर्दा जीविकोपार्जनमा सहयोग पुग्ने बताउँदै श्रेष्ठले भन्नुभयो, ‘सानै लगानीमा नेपालमै बसेर आर्थिक आर्जनमा यो तालिम उपयोगी हुनेछ ।’
विद्यालयका प्रधानाध्यापक सोमकुमार श्रेष्ठले विद्यार्थीहरुको सीप र शिक्षा सँगसँगै लैजाने उद्देश्यले केही सीप सिकाउनुपर्छ भन्ने ध्येयले कपाल काट्ने तालिम सुरु गरिएको जनाउनु भयो । बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले ल्याएको सिपमुलक तालिमअन्तर्गत कुनचाहिँ सीप उपलब्धिमुलक हुन्छ भनेर छलफल गर्दा सीपमुलक तालिम रोजेको जानकारी दिनु भयो । प्रधानाध्यापक श्रेष्ठले भन्नुभयो, ‘कपाल काट्ने सीप सानो कोठामा पनि गर्न सकिने, खर्च पनि थोरै लाग्ने र विद्यार्थीहरुले पनि थोरै लगानीमा यसको प्रतिफल ठूलो निकाल्न सक्ने निष्कर्षका साथ यस्तो तालिम अगाडि बढाएका हौं ।’
महेन्द्रग्राम माविमा सिक्दै कमाउँदै कमाउँदै सिक्दै कार्यक्रमका संयोजक राजन शाहीले विद्यार्थीहरुले कपाल काट्ने सीप लिएपछि आफ्नै घरका सदस्यहरु र छिमेकीका समेत कपाल काटेर पैसा जोगाइ दिनसक्ने बताउनु भयो । यस्तै विदेशै गएपनि अतिरिक्त समयमा नेपाली दाजुभाइ वा अन्यको कपाल काटेर थप आम्दानी गर्न सक्ने विश्वास शाहीले लिनु भएको छ ।
विद्यालयकी मावि इन्चार्ज अम्बिका धितालले व्यवसायिक शिक्षाको आवश्यकता भएको अवस्थामा विद्यार्थीहरुलाई दिइएको यस्तो सीप उपलब्धिमुलक हुने दाबी गर्नुभयो । विद्यार्थीहरुले थोरै लगानी गरेर भविष्यमा आयआर्जन गर्न सक्ने धितालको विश्वास छ ।
विद्यालय शिक्षक अभिभावक संघकी सदस्य रामप्यारी तुईतुईले धेरै विद्यार्थीहरुले सीप नसिकि विदेश गएर दुःख पाइरहेकाले यो अहिले नै सिकेमा भविष्यमा उपलब्धिमुलक हुने प्रतिक्रिया दिनुभयो । नेपालमा पनि बाहिरका मानिसहरुले आएर सैलुन खोलिरहेको अवस्थामा स्वदेशमै जनशक्ति उत्पादन गरे देशलाई नै फाइदा पुग्ने जनाउनु भयो ।
प्रशिक्षक मुकेशकुमार ठाकुरले अहिलेको समयमा पढाइ र सीपसँगै लैजान आवश्यक भएकाले पढ्दै आयआर्जन गर्नका लागि तालिम उपयोगी हुने बताउनु भयो । यस्तै पढाइ सकेपछि पनि सानै लगानीमा सैलुन खोलेर स्वरोजगार बन्न सक्ने ठाकुरको विश्वास छ । प्रशिक्षक ठाकुरले भन्नुभयो,’पढाइ सकेर जागिरै खाएपनि घरपरिवारका सदस्यहरुको कपाल काट्दा समय र खर्च दुवैको बचत हुन्छ । ‘
कपाल काट्ने तालिममा सहभागी विद्यार्थीहरुले विद्यालयले आफूहरुलाई कपाल काट्ने सीप दिएकामा खुसी भएको प्रतिक्रिया दिएका छन् । विद्यार्थीहरु युमना श्रेष्ठलगायत तालिम लिइरहेका अन्य विद्यार्थीहरुले पढ्दापढ्दै विद्यालयले दिएको यो तालिम विद्यार्थी कालमा खर्च जुटाउन र भविष्यमा कमाइ गर्न उपयोगी हुने विश्वास लिएका छन् ।
यस कार्यक्रमको मुख्य उद्देश्य देश विदेशमा रोजगार प्राप्त हुन सक्ने एसिस्टेण्ट बारबर उत्पादन गर्नु हो । हेयर कटिङ्ग सैलुनहरूमा हेयर कटिङ्ग र सो सम्बन्धी काम गर्न सक्नेछन् । यस्तै प्रशिक्षणपछि प्रशिक्षार्थीहरुले सैलुन व्यवस्थित गर्न वा चालु अवस्थामा राख्न, विभिन्न स्टाइलहरुमा कपाल काट्न, विभिन्न स्टाइलहरुमा सेभिङ्ग (दाहि काट्ने) गर्न, मसाज सेवा गर्न, कपाल रंगाउने काम गर्न र सौन्दर्य सम्बन्धी सेवा प्रदान गर्न सक्नेछन् ।
विद्यालय छनोट, सम्झौता, अनुदान निकासा र कोष परिचालन
सिक्दै सिकाउँदै कमाउँदै सिक्दै तालिम सञ्चालन गर्ने विद्यालय छनोटका लागि सामाजिक विकास कार्यालयले राष्ट्रिय दैनिक पत्रिकमा कम्तीमा १५ दिनको म्याद दिई प्रस्ताव पेस गर्न सूचना प्रकाशन गर्नेछ । उक्त सूचना निर्देशनालयको वेवसाइटमा समेत राखिनेछ ।
(२) उपदफा (१) बमोजिम सूचना प्रकाशित भएपछि यस प्रदेश भित्र सञ्चालनमा रहेका इच्छुक सामुदायिक माध्यामिक विद्यालयहरुले अनुसूची १ बमोजिमको ढाँचामा आवेदन फाराम भरी स्थानीय तहको सिफारिस सहित तोकिएको म्याद भित्र प्रस्ताव पेश गर्नु पर्नेछ । सोही अनुसार प्रस्ताव पेस गर्दा महेन्द्रग्राम मावि पनि विद्यार्थीलाई तालिम दिन छनौट भएको हो । छनौट हुनका लागि सामुदायिक विद्यालयमा सिक्दै सिकाउँदै कमाउँदै सिक्दै कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१ मा उल्लेखित प्रक्रियाहरु पूरा गर्नुपर्छ ।
Comments
अरु समाचार
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...











