बिपीको उपकुलपति दाैडमा भ्रष्टको सक्रियता, ज्ञानेन्द्र र रोशनलाई विचौलियाको साथ !
काठमाडौं । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरासयी बन्ने बाटोमा अग्रसर बन्न थालेको छ ।
कांग्रेस एमाले सत्ता समिकरणमा रिक्त चार प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि चलिरहेको दौडधुपमा नक्कली प्राध्यापकदेखि स्वास्थ्य सामाग्री खरिदमा राज्यविरुद्ध लुट मच्चाएका अनुहारहरु हाबी हुने देखिएपछि बिपी समस्याको जगमा फस्ने खतरा बढ्दै गएको देखिन्छ ।
देशका चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपति पदका लागि ५५ जनाले आवेदन दिएपनि बिपीको चर्चा ब्यापक बन्न पुगेको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनमा ठूलो योगदान पुर्याएका बिपीको नामबाट स्थापित प्रतिष्ठान बद्नाम बन्ने बाटोमा गएपनि यसबारे के होला भन्ने स्वभाविक चासो बढेको देखिन्छ ।
के हुँदैछ बिपीमा ?
बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपति पदका लागि उम्मेदवारी दिनेहरु र उम्मेदवारका अनुहारहरुले अहिले बिपीमा चासो बढिरहेको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १३ जनाले उम्मेदवारी दिएका छन् । जसमा केहि पात्रहरु अत्यन्तै विवादीत मात्रै नभई नक्कली प्राध्यापक समेत रहेको खुलेको छ ।
बिपीमा दुई अचम्मका पात्रहरुले उम्मेदवारी दिएपछि यसबारे कानेखुशी चल्न थालेको छ । जसमा पूर्वस्वास्थ्य सचिव डा. रोशन पोखरेल र डा. ज्ञानेन्द्र गिरिले आवेदन दिएका छन् । उसोतः अर्का रोचक पात्र डा. रामेश कोइरालाले समेत उम्मेदवारी दिएका छन् । यस्ता पात्रहरुको चर्चा चल्दै गर्दा बिपी धरासयी बन्ने खतरा बढ्दै गएको चर्चा चुलिन पुगेको हो ।
मन्त्रालयको सचिव जस्तो पदमा पुगेका डा. रोशनसंग अहिलेसम्म चक डस्टर समाएर विद्यार्थीलाई कक्षकोठामा कुनै अध्यापन गराएको अनुभव छैन् । उनी उपकुलपति बन्ने दौडमा छन् । अर्कापात्र डा. ज्ञानेन्द्र गिरिले पनि उम्मेदवारी दिएका छन् । गिरिको प्राध्यापक पद विवाद अहिले पनि सर्वोच्च अदालतमा मुद्दा विचाराधिन अवस्थामा छ । उनको प्राध्यापक पद नै अवैध रहेको र सेटिङ मिलाएर प्राध्यापकको उपाधि लिएको आरोप चलिरहेको छ । यता, अर्का डा. रामेश कोइराला समेत उपकुलपतिको दौडमा छन् । रामेशको क्षमतामा खास प्रश्न उठाउने गरिन्न । तर, उनै कोइरालालाई कुनै बेला तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले च्याप्दा उपकुलपति नियुक्तिमा नै कानूनी प्रावधान मिचिएको थियो । उनी आफूलाई केन्द्रमा राखेर चर्चा र विवादमा आइरहने चिकित्सकमा पर्ने गर्छन् ।
सम्बन्धित समाचार शीर्षकः बिपी प्रतिष्ठानका भिसीको कमिसन कर्तुत छताछुल्ल, भवन नबन्दै करोडौंका उपकरण खरिद
ज्ञानेन्द्र गिरी र रोशन पाखरेलको भेन्टिलेटर काण्ड
स्वास्थ्य मन्त्रालयले २०७९ असार २ गते १० करोड बजेट बिनियोजन गरिदिएपछि भेन्टिलेटर खरिदको भ्रष्टाचार प्रकरण शुरु भएको हो । त्यो बेला स्वास्थ्य सचिव रोशन पोखरेलले कहाँ बजेट पुर्याउँदा भ्रष्टाचार गर्न सहज हुन्छ भन्ने विचार गर्दा बिपी छान्न पुगेको आरोप लाग्ने गरेको छ । असार २ गतेको बजेट भदौसम्म पुग्दा भने रफादफा भइसकेको छ । भेन्टिलेटर खरिदको गोलमाल, कमिसन, फर्जी काम र लुट धन्दा यहिबाट शुरु भएको देखिन्छ ।
मातृ शिशु भवन (एमसीएच)का लागि आवश्यक परेको भन्दै भेन्टिलेटर खरिद गरिएपनि त्यो भवन निर्माण सम्पन्न हुन सकेको छैन् । भवन निर्माण सम्पन्न नहुँदै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले उद्घाटनको रहर गरेकोदेखि भेन्टिलेटर खरिद गरेर गोदाममा राखिएको स्थितिले पनि भ्रष्टाचार कसरी हुन्छ भन्ने तथ्यबारे थप प्रष्ट पारेको छ ।
उसोतः तत्कालीन उपकुलपति ज्ञानेन्द्र गिरि र स्वास्थ्य सचिव रोशन पोखरेलले विचौलियालाई प्रयोग गर्दै बिपीमा भेन्टिलेटर खरिदमा गरेको भ्रष्टाचार अख्तियारले विस्तृत अनुन्धान गरिरहेको छ । अख्तियारले गरिरहेको अनुसन्धानले दुबै जनालाई कारबाहीको खतरा बढेपछि उनीहरु उपकुलपति बनेरै भएपनि भ्रष्टाचार प्रकरण रफादफा बनाउन लागिपरेको स्रोतको दाबी छ ।
बिपीमा भेन्टिलेटर खरिद गर्दा तत्कालीन उपकुलपति गिरिले अस्वभाविक ढंगले इटहरीतिरकै एउटा निजी कम्पनी एमबीएम सर्जिकल एण्ड डेण्टल हाउस प्रालिले भेन्टिलेटर खरिदमा भाग लिनका लागि उत्पादनकर्ताको सर्टिफिकेट भएपछि संशोधनको माग गर्दै पत्राचार गर्छ । यो प्रक्रियापछि चलखेल गर्ने काम शुरु भएको बताइन्छ ।
एमबीएमले नै सिंगापुरको मेट्रोनिक्स भन्ने कम्पनीबाट सबै फेक कागजात बनाएर उनीहरुले भेन्टिलेटर खरिद गर्ने चाँजो मिलाएपछि यो प्रकरणको भ्रष्टाचार रहस्य थप प्रष्ट हुन पुगेको हो ।
छोटो समयमै गरिएको यो सम्झौता दुई कम्पनीले ठेक्का हालेको र एमबीएमले नै ठेक्का पाउने सम्झौता हुन्छ । जसमा ९ करोड ४६ लाख ४९ हजारमा २० वटा भेन्टिलेटर खरिद सम्झौता भएको थियो । सम्झाैता भएको तीनदिनमै भेन्टिलेटर बिपी स्वस्थ्य विज्ञान प्रतिष्ठानमा पुग्नुले समेत भ्रष्टाचारको तथ्य लुकेको देखिन्न । सम्झाैतापछि २०७९ भदौ २७ र २८ गते धमाधम निर्णय भएको देखिन्छ भने केहिदिनमै भेन्टिलेटर मेसिन हस्तान्त्रण समेत भएको थियो । तर, यसमा भ्रष्टाचार कहाँ भयो ? यो भने रोचक तथ्य देखिन्छ ।
एमबीएमले ल्याएको सबै प्रमाणपत्र नक्कली भएको पाइएको छ । मेट्रोनिक्सले समेत एमबीएमसंग भएको भनिएको कारोबार नै अवैध भएको तथ्य खुलेको देखिन्छ । उसोतः ठेक्का प्रक्रियामा भाग लिने एमबीएम र एमबीएम मेडिटेक प्रालीले भाग लिएका छन् । यी दुबै कम्पनीको मालिक सन्दीप राउत नै रहेको तथ्य समेत सार्वजनिक भइसकेको छ । यसरी हेर्दा यसमा स्वास्थ्य मन्त्रालयबाट तत्कालीन सचिव रोशन पोखरेलेले बजेट खन्याउने गिरिले सेटल गर्ने गरेको कुरा लुकेको छैन् ।
स्वास्थ्य सचिव हुँदा पोखरेलले यसरी नै स्वास्थ्य सामाग्री खरिदमा गोलमाल अत्यधिक रुपले गरेको स्रोतको दाबी छ । बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन निर्माण नहुदै खरिद गरिएका भेन्टिलेटर मेसिन र असारको अन्तिममा बजेट सखाप पार्नलाई गरिएको भ्रष्टाचारको विषयमा अख्तियार सक्रिय छ । तर, अख्तियारअघि नै उनीहरुले उपकुलपति बनेर केस रफादफा पार्न खोजेको कुरा नलुकेपनि पछिल्लो समय विचौलियाहरु गिरि र पोखरेललाई बोकेर स्वास्थ्य मन्त्रालयदेखि विभिन्न ठाउँमा धाउन थालेका छन् ।
पूर्वस्वास्थ्यमन्त्री विरोध खतिवडा समेत यो प्रकरणमा जोडिएका छन् । कान्तिपुरका मालिक सम्भव सिरोहियाकी पत्नी पूर्वमिस नेपाल श्रृङ्खला खतिवडाका वुवा विरोध पनि यो प्रकरणमा जोडिने भएपछि यसको चलखेल लामो हुने स्रोतको दाबी छ । बिपीको जस्तो स्वास्थ्य क्षेत्रको भ्रष्टाचार र गोलमालमा विचौलियाले गरिरहेको चलखेलको अन्त्य गर्न अख्तियारले सक्रिय भूमिका निर्वाह गर्ला ? तमाम सवालहरु उठिरहेको बेला गिरि र पोखरेलजस्ता व्यक्तिहरु नै उपकुलपति बन्नका लागि करोडौं रकम खर्च गर्न तयार रहेको स्रोतको दाबी छ ।
भेन्टिलेटर खरिद प्रक्रियामा भ्रष्टाचार भएको भन्ने चर्चा चलेपछि बनेका तीन समितिले पनि गिरी र पोखरेललाई दोषी करार गरेको छ ।
यो पनि पढ्नुहोस्ः भ्रष्टाचारमा पल्केका बिपी प्रतिष्ठानका भीसी, जताततै अनियमितता र कानूनको उल्लंघन
गोलमालका नाइकेको चलखेल !
डा. रोशन खरिद अनियमिततामा समेत मुछिएका छन् । वाईबी भण्डारी भन्ने पूर्वस्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतका निकट ठेकेदारसंग रोशनले मिलेमतोमा खरिद र मूल्याङ्कनमा घोटाला गरेको आरोप लागेको थियो । स्वास्थ्य प्रशासनमा लामो अनुभव भएका रोशन सचिवबाट उपकुलपतिमा जान खोज्नुमा आर्थिक बद्मासीलाई सेटल गराउनकै लागि भएको स्रोतको दाबी छ ।
यता, नक्कली प्राध्यापक डा. ज्ञानेन्द्र गिरि समेत उपकुलपतिको दौडमा छन् । बिपीको पूर्वउपकुलपति रहिसकेका उनी अघिल्लो कार्यकालको गोलमाललाई सेटल गर्नकै लागि अघि सरेको स्रोतको दाबी छ । विभिन्न खरिद, ठेक्का प्रकरण, भवन निर्माण, भेन्टिलेटर वेवारिसे र भवन निर्माण सम्पन्न नहुँदै चलिरहेको सेटिङलाई सामसुम पार्नकै लागि उनी विचौलियाको बेडरुमसम्म पुग्न थालेको बताइन्छ ।
स्वास्थ्य मन्त्रीदेखि सर्च कमिटीसम्म शंका
गत १४ जेठमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको नेतृत्वमा उपकुलपति सिफारिस समिति गठन भएको थियो । यो समितिको सदस्यमा राष्ट्रिय योजना आयोगको स्वास्थ्य हेर्ने सदस्य डा. आरपी बिच्छा र स्वास्थ्य सचिव डा. विकास देवकोटा छन् । यसमध्ये डा. देवकोटा स्वाथ्य विभागको डिजी हुँदा उनले ठेक्का प्रक्रियामा गरेको सेटिङदेखि विभिन्न विवादले उनी आर्थिक प्रलोभनमा पर्ने खतरा रहेको बताइन्छ । बिपीमा पेचिलो बन्न थालेको उपकुलपति नियुक्ति प्रकरणमा देवकोटाले स्वास्थ्य विभागमा जस्तै गोलमाल गर्ने डर देखिएका कारण शंका बढिरहेको छ ।
डा. देवकोटासंगै स्वास्थ्यमन्त्री पौडेलमाथि समेत शंका गरिएको छ । कांग्रेस महामन्त्री गगन थापा निकटका मन्त्री पौडेलले थापाको इच्छाबाहिर निर्णय गर्लान ? शंका छ । रिक्त चार प्रतिष्ठानमा बिपी र कर्णाली कांग्रेसको भागमा परेको छ भने पाटन र पोखरा एमालेको भागमा परेको बताइन्छ । यसले पनि कांग्रेसको चलखेल बिपीमा हुने विषयमा शंका देखिन्न ।
योग्यता र कांग्रेसको सम्बन्ध
उपकुलपतिका लागि आह्वान गरिएको योग्यताको मापदण्डमा समेत ठूलो शंका गर्ने ठाउँ देखिन्छ । जसमा कर्णालीको हकमा मान्यताप्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र विषयमा स्नातकोत्तर, सहप्राध्यापक वा मन्त्रालयमा दशौं तहको काम गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ भने, अन्य तीन प्रतिष्ठानका हकमा चिकित्साशास्त्र विषयमा स्नातकोत्तर, प्राध्यापक वा मन्त्रालयमा एघारौं तहमा काम गरेको हुनुपर्ने सर्त राखिएको छ । यसरी राखिएको प्रावधानमा समेत पूर्वस्वास्थ्यमन्त्री गगन थापाले पनि छेडखानी गरेको स्रोतको दाबी छ । जतिबेला गगनले आफू निकट रामेश कोइरालालाई नियुक्ति दिलाउन योग्यताको मापदण्ड नै फेरेको स्रोतले बताएको छ । यसरी हेर्दा पनि कांग्रेस र योग्यताक्रमको सम्बन्ध पेचिलो र स्वार्थ बाझिने किसिमको भएकाले शंका बढ्न थालेको छ ।
बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएका विवाद, उपकुलपतिको चलखेलबारेको समाचारको श्रृङ्खलामा थप समाचार अर्को भागमा प्रकाशित गर्नेछौं ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
वर्षापछि काठमाण्डाै उपत्यकाकाे वायु गुणस्तरमा सुधार
काठमाडाैं । गएकाे हप्ता तीव्र रूपमा वृद्धि भएको काठमाण्डाै उपत्यकाको वायु गुणस्तरमा सुधार आएको छ । सुक्खा मौसम र वन...












