बीपी प्रतिष्ठानका भिसीको कमिसन कर्तुत छताछुल्ल, भवन नबन्दै करोडौंका उपकरण खरिद
भेन्टिलेटर खरिदमा अनियमितता
(सजीव कालाखेती)
काठमाण्डौँ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति (भिसी) ज्ञानेन्द्र गिरी भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् । आर्थिक बर्ष २०७९/८० को असारे बजेट सिध्याउन मातृशिशु भवन नबन्दै १० करोड रुपैयाँ बराबरका २० वटा भेन्टिलेटर खरिदमा अनियमितता गरेका हुन् ।
भिसी गिरीले इटहरीको एमबिएम सर्जिक एन्ड डेन्टल हाउस प्रालिका सञ्चालकसँग मिलेमतो गिरी चाखलाग्दो भ्रष्टाचार गरेका छन् । एमबिएमले आफू अनुकुलको स्पेशीफिकेसन बनाएर सेटिङमा प्रतिष्ठानलाई भेन्टिलेटर हस्तान्तरण गरेको छ । खरिद प्रक्रियामा एमबी मेडिटेक प्रालिले बोलपत्र पेस गरेपनि देुवै कम्पनीको निर्देशक एकै व्यक्ति सन्दीप राउत हुन् । त्यसबाट पनि प्रष्ट हुन्छ कि भिसी गिरीले कहाँसम्मको सेटिङ गरेका छन् ।
सिङ्गापुरको कम्पनी मेट्रोनिक्सको सिग्नेचर र छाप नै किर्ते गरेर एमबिएमका राउतले सामान खरिदको प्रक्रिया अगाडि बढाएको खुलेको छ । एमबिएम कुनै आधिकारिक विक्रेता पनि नभएको र टेण्डर हाल्न समेत सक्षम नभएको अवस्थामा भिसी गिरीको सेटिङमा सम्पूर्ण काजजात मिलाउने, खरिद गर्न भुक्तानी दिने काम भएको हो ।
गिरीको मिलेमतोमा तत्कालिन लेखा प्रमुख मोहन राई, निर्देशक जगतनारायण प्रसाद, खरिद शाखाप्रमुख सागर ताम्राकार, मुल्यांकन समिति संयोजक डा प्रमेन्द्र गुप्ता, मेडिकल स्टोरका संजिब कर्ण र इल्क्ट्रोमेड शाखा प्रमुख राहुल मिश्रले सेटिङ मिलाएर भेन्टिलेटर खरिद गरेका हुन् । खरिद गरिएका भेन्टिलेटर चेकजाँच नगरि थन्काइएको छ ।
मातृशिशु भवनको लागि ९ करोड ८६ लाख ४९ हजार रुपैयाँमा २० वटा भेन्टिलेटर खरिद गरेका भिसी गिरीले उपकरणको गुणस्तर समेत जाँच गरेका छैनन् । भवनका लागि खरिद भएका भेन्टिलेटर थन्किएकोे विषयमा छानबिन गर्न गठिन समितिले बुझाएको प्रतिवेदनले पनि खरिद प्रक्रियामा अनियमितता देखाएको थियो ।
भेन्टिलेटर खरिदमा सेटिङ भएपछि २०८० साउन २४ गते ७ सदस्यीय छानबिन समिति गठन भयो । सो समितिले दुई साता लगाएर प्रतिवेदन तयार पार्यो । प्रतिवेदनमा निर्माणाधिन भवनको लागि आवश्यक उपकरणहरुमध्ये उक्त भेन्टिलेटरहरु प्राथमिकतामा पर्ने कुनै आधार नदेखिएको प्रष्ट उल्लेख छ ।
रकमको विनियोजन गर्नुपर्ने अवस्थाबारे प्रश्न उठाइएको प्रतिवेदनमा पनि खरिद गर्न लागिएको २० थान भेन्टिलेटरहरु निर्माणाधीन भवनमा जडान तथा संचालन गर्न चाहिने पूर्वाधारहरुको बिषयमा कुनै जानकारी नलिइएको उल्लेख छ । सार्वजनिक खरिद ऐन २०६३ विपरीत खरिद र भुक्तानी भएको प्रतिवेदनमा जनाइएको छ ।
प्रतिष्ठानमा भेन्टिलेटर २०७९ भदौ ३१ गते आइपुगेपछि मात्रै अस्पताल निर्देशक जगत नारायण प्रसादले मातृशिशु भवनको बारेमा जानकारी दिन इन्जिनियरलाइ निर्देशन दिएका थिए । उनको निर्देशनअनुसार २०७९ असोज ११ गते सिभिल इन्जिनियरिङ शाखाले भवन निर्माण सम्पन्न हुन २०७९ को चैतसम्म लाग्ने बताएको थियो । तर २०८१ सालको साउन अन्त्यसम्म पनि भवन निर्माण सम्पन्न हुन सकेको छैन । हाल सोही बिषयमा अख्तियारमा मुद्धा बिचाराधिन अवस्थामा छ ।
बीपी प्रतिष्ठानका पूर्वउपकुलपति गिरीविरुद्ध भ्रष्टाचारको आरोपमा अख्तियारमा उजुरी दर्ता
Comments
अरु समाचार
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...












