गोहीको आक्रमणबाट माछा मार्न गएका युवकको मृत्यु
काठमाडौं । चितवनको सौराहा नजिक चित्रसारीस्थित बुढीराप्ती खोलामा गोहीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ ।
रत्ननगर नगरपालिका–८ का २७ वर्षीय अविषेक माझीको गोहीको आक्रमणमा परेर ज्यान गएको हो ।
चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार अविषेक बिहीबार राति माछा मार्न गएका बेला गोहीले आक्रमण गरेर खोलातिर तानेको थियो ।
उनीसँगै सोही ठाउँका ४०४५ वर्षीय राजकुमार माझी पनि माछा मार्न गएका थिए । घटना राति करिब ९ बजे भएको बताइएको छ ।
राजकुमार माझीले राति ९ बजेर ३५ मिनेटतिर अस्थायी प्रहरी पोस्ट मैनाहालाई खबर गरेपछि प्रहरीको टोली तुरुन्तै खोजी तथा उद्धारमा खटिएको थियो ।
चितवन प्रहरी प्रवक्ता डिएसपी रविन्द्र खनालका अनुसार राति १ बजेर २० मिनेटतिर घटनास्थलभन्दा करिब २०० मिटर उत्तरतर्फ अविषेकको शव फेला परेको हो ।
चितवन राष्ट्रिय निकुञ्ज र यस क्षेत्रका खोलामा घडियाल र मगर गरी दुई प्रजातिका गोही पाइन्छन् । घडियाल प्रायः माछामात्र खाने र शान्त स्वभावका हुन्छन् भने मगर गोही निकै आक्रामक र ज्यानै लिने खालका हुने जनाइएको छ । प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
Comments
अरु समाचार
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...












