रुसबाट तेल किने भारतमाथि ५०० प्रतिशत कर…
काठमाडौं । अमेरिकामा रुसबाट कच्चा तेल खरिद गर्ने देशहरूमाथि ५०० प्रतिशत भन्सार कर लगाउने प्रस्तावबारे गम्भीर बहस सुरु भएको छ।
अमेरिकी सिनेटर तथा रिपब्लिकन नेता लिन्डसे ग्राहमले गत अप्रिलमा अमेरिकी कांग्रेसमा प्रस्तुत गरेको रुस प्रतिबन्ध ऐन २०२५ मार्फत भारत, चीन जस्ता मुलुकहरूलाई निशाना बनाउने तयारी गरिएको छ।
सिनेटर ग्राहमले अमेरिकी समाचार संस्था एबीसी न्यूजसँग कुरा गर्दै भने, ‘कुनै देशले रुसबाट तेल किन्छ, तर युक्रेनलाई सहयोग गर्दैन भने त्यो देशबाट अमेरिका आउने सामानमा ५०० प्रतिशत भन्सार कर लगाइनेछ। भारत र चीनले पुटिनको ७० प्रतिशत तेल किनिरहेका छन् र यसले उनको युद्ध मेसिन चलिरहेको छ।’
उक्त प्रस्तावित ऐनले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भारत, चीन र अन्य रुसी तेल खरिदकर्ता मुलुकहरूमा अत्यधिक भन्सार लगाउने अधिकार दिनेछ। ग्राहमका अनुसार हालसम्म ८४ जना अमेरिकी सांसदहरूले यो विधेयकलाई समर्थन गरिसकेका छन्।
यस प्रस्तावले भारतमाथि प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ। भारत विश्वको तेस्रो ठूलो कच्चा तेल आयातकर्ता र उपभोक्ता हो, जसले दैनिक करिब ५१ लाख ब्यारेल कच्चा तेल विदेशबाट ल्याउँछ। रुस भारतको ठूलो आपूर्तिकर्ता बनेको छ। युद्ध सुरु हुनुअघि भारतको कुल तेल आयातमा रुसको हिस्सा दुई प्रतिशतभन्दा कम थियो, जुन अहिले झण्डै ४० प्रतिशत पुगेको छ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












