रुसबाट तेल किने भारतमाथि ५०० प्रतिशत कर…
काठमाडौं । अमेरिकामा रुसबाट कच्चा तेल खरिद गर्ने देशहरूमाथि ५०० प्रतिशत भन्सार कर लगाउने प्रस्तावबारे गम्भीर बहस सुरु भएको छ।
अमेरिकी सिनेटर तथा रिपब्लिकन नेता लिन्डसे ग्राहमले गत अप्रिलमा अमेरिकी कांग्रेसमा प्रस्तुत गरेको रुस प्रतिबन्ध ऐन २०२५ मार्फत भारत, चीन जस्ता मुलुकहरूलाई निशाना बनाउने तयारी गरिएको छ।
सिनेटर ग्राहमले अमेरिकी समाचार संस्था एबीसी न्यूजसँग कुरा गर्दै भने, ‘कुनै देशले रुसबाट तेल किन्छ, तर युक्रेनलाई सहयोग गर्दैन भने त्यो देशबाट अमेरिका आउने सामानमा ५०० प्रतिशत भन्सार कर लगाइनेछ। भारत र चीनले पुटिनको ७० प्रतिशत तेल किनिरहेका छन् र यसले उनको युद्ध मेसिन चलिरहेको छ।’
उक्त प्रस्तावित ऐनले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई भारत, चीन र अन्य रुसी तेल खरिदकर्ता मुलुकहरूमा अत्यधिक भन्सार लगाउने अधिकार दिनेछ। ग्राहमका अनुसार हालसम्म ८४ जना अमेरिकी सांसदहरूले यो विधेयकलाई समर्थन गरिसकेका छन्।
यस प्रस्तावले भारतमाथि प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ। भारत विश्वको तेस्रो ठूलो कच्चा तेल आयातकर्ता र उपभोक्ता हो, जसले दैनिक करिब ५१ लाख ब्यारेल कच्चा तेल विदेशबाट ल्याउँछ। रुस भारतको ठूलो आपूर्तिकर्ता बनेको छ। युद्ध सुरु हुनुअघि भारतको कुल तेल आयातमा रुसको हिस्सा दुई प्रतिशतभन्दा कम थियो, जुन अहिले झण्डै ४० प्रतिशत पुगेको छ।
Comments
अरु समाचार
-
आठ महिनामा नेपालको व्यापार घाटा ११ खर्ब, कुन-कुन देशसँग व्यापार नाफा ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब रू ११ खर्बको व्यापार घाटा बेहारेको छ ।...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
मुस्ताङमा पटकपटक हिमपात, किसान र पशुपालक व्यवसायीलाई राहत
मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँ पटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल...
-
अमेरिकी डलरको भाउ १५० नाघ्यो, अरू कुन मुद्राको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (चैत ७)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार, अमेरिकी...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
खाडीका ७ देशमा पुनः श्रम स्वीकृति दिने निष्कर्षमा सरकार
कठमाण्डौ – सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)सहित कतार, ओमान, यमन, जोर्डन, साउदी अरब, र टर्कीएमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम...
-
जेनजी आन्दोलन पुनर्निर्माण कार्ययोजना : आगामी वर्ष तीनै तहका सरकारले बजेट छुट्याउनुपर्ने
काठमाडौं । गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको आन्दोलनले व्यापक भौतिक तथा आर्थिक क्षति पुर्याएपछि सरकारले...
-
ग्यास सिलिण्डर कालोबजारी नियन्त्रणका लागि विभाग सक्रिय, ६ हजार सिलिन्डर बरामद
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरको हरिसिद्धि स्थित श्रीराम ग्यास उद्योगको गोदामबाट ठूलो मात्रामा ग्यास सिलिन्डर लुकाएर...












