ताजा समाचार

धादिङमा जल्दाजल्दैको शव त्रिशूलीले बगायो !

काठमाडौं । धादिङको बेनिघाट त्रिशूली नदी किनारमा मंगलबार बिहान अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगाएको छ।

रोराङ गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलियाका अनुसार आज बिहान साढे ९ बजेतिर चरौंदीस्थित त्रिशूली किनारमा दाहसंस्कार गर्दै गर्दा नदीमा अचानक बाढी आएपछि जलिरहेको शवसहित चिता नै बगाएको अध्यक्षले जानकारी दिए।

उनका अनुसार शव त लगभग जलिसकेको र चिता भने बाँकी नै रहेको र बाढीले सबै बगाएको हो ।

वडा नम्बर ७ का अध्यक्ष कुमार बस्नेतले चिता बगाएको दृश्य कैद गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।

सोमबार राति आएको बाढीले रसुवागडी हाइड्रोपावर, भन्सारसहितका स्थानमा क्षति गरेको छ । सुख्खा बन्दरगाहका ७ वटा इभी गाडी समेत बगेको छ ।

सोही बाढीको प्रभाव त्रिशूली नदीमा पनि देखिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org