देशका विभिन्न ठाउँमा रातभरि ठूलो वर्षा, चार सडक अवरुद्ध
काठमाडौँ । मङ्गलबार राति परेको वर्षापछि चलेको बाढी र पहिरोमा देशभर थप चार सडक अवरुद्ध भएको छ । सडक विभागले गएरातिदेखि थप चार सडक अवरुद्ध भएको जानकारी दिएको हो । तिब्बत स्रोत भएको ल्हेन्दे खोलामा हिमबाढी आउँदा गल्छी-त्रिशुली-मैलुङ्ग-स्याप्रुबेंशी-रसुवागढी सडक योजना अवरुद्ध भएको छ । रसुवागढीमा नेपाल-चीन जोड्ने मितेरी पुल नै बगाएको छ ।
विभागका अनुसार; चीनबाट ठूलो बाढी आउँदा सीमा नाकाको मितेरी पुल बगाएको र तटीय क्षेत्रको सडक कटान भएको हो । यो सडक कहिलेसम्म खुलाउन सकिन्छ भन्नेबारे विभागले कुनै जानकारी दिएको छैन । शहीद मार्ग सडक योजना अन्तर्गत कोईलावास-लमही, अर्जुनखोला-घोराही-होलेरी-घर्तीगाँऊ-थवाङ-लुकुम सडक पनि अवरुद्ध भएको छ । रोल्पाको खरिबोटमा ढुङ्गासहित पहिरो आएकोले सडक खुलाउन समस्या भएको र हाल मेशिन तैनाथ रहेको विभागले जनाएको छ ।
पाँचथरको हेवा खोलामा बाढी चल्दा केचना-चन्द्रगढी-चारआली-इलाम-फिदिम, गणेशचोक-ताप्लेजुङ्ग-ओलाङचुङ्गोला सडक खण्ड पनि अवरुद्ध भएको छ । खोलाको वहाव घटेपछि मेसिन र लेन्थ वर्कर लगाएर सडक सञ्चालनमा ल्याइने विभागले जानकारी दिएको छ । सल्यानको चोरखोलामा बाढी आउँदा राप्ती राजमार्ग अन्तर्गत अमेलिया-तुल्सीपुर-शीतलपाटी-थारमारे-मुसीकोट सडक पनि अवरुद्ध छ ।
मेसिन प्रयोग गरी सडक खुलाउने विभागको योजना छ । विभागका अनुसार हाल देशभर ७२ सडक एकतर्फी चालु अवस्थामा र पाँच सडक अवरुद्ध छ । ७५ सडक दुईतर्फी सञ्चालनमा छ ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
वर्षापछि काठमाण्डाै उपत्यकाकाे वायु गुणस्तरमा सुधार
काठमाडाैं । गएकाे हप्ता तीव्र रूपमा वृद्धि भएको काठमाण्डाै उपत्यकाको वायु गुणस्तरमा सुधार आएको छ । सुक्खा मौसम र वन...












