देशका विभिन्न ठाउँमा रातभरि ठूलो वर्षा, चार सडक अवरुद्ध
काठमाडौँ । मङ्गलबार राति परेको वर्षापछि चलेको बाढी र पहिरोमा देशभर थप चार सडक अवरुद्ध भएको छ । सडक विभागले गएरातिदेखि थप चार सडक अवरुद्ध भएको जानकारी दिएको हो । तिब्बत स्रोत भएको ल्हेन्दे खोलामा हिमबाढी आउँदा गल्छी-त्रिशुली-मैलुङ्ग-स्याप्रुबेंशी-रसुवागढी सडक योजना अवरुद्ध भएको छ । रसुवागढीमा नेपाल-चीन जोड्ने मितेरी पुल नै बगाएको छ ।
विभागका अनुसार; चीनबाट ठूलो बाढी आउँदा सीमा नाकाको मितेरी पुल बगाएको र तटीय क्षेत्रको सडक कटान भएको हो । यो सडक कहिलेसम्म खुलाउन सकिन्छ भन्नेबारे विभागले कुनै जानकारी दिएको छैन । शहीद मार्ग सडक योजना अन्तर्गत कोईलावास-लमही, अर्जुनखोला-घोराही-होलेरी-घर्तीगाँऊ-थवाङ-लुकुम सडक पनि अवरुद्ध भएको छ । रोल्पाको खरिबोटमा ढुङ्गासहित पहिरो आएकोले सडक खुलाउन समस्या भएको र हाल मेशिन तैनाथ रहेको विभागले जनाएको छ ।
पाँचथरको हेवा खोलामा बाढी चल्दा केचना-चन्द्रगढी-चारआली-इलाम-फिदिम, गणेशचोक-ताप्लेजुङ्ग-ओलाङचुङ्गोला सडक खण्ड पनि अवरुद्ध भएको छ । खोलाको वहाव घटेपछि मेसिन र लेन्थ वर्कर लगाएर सडक सञ्चालनमा ल्याइने विभागले जानकारी दिएको छ । सल्यानको चोरखोलामा बाढी आउँदा राप्ती राजमार्ग अन्तर्गत अमेलिया-तुल्सीपुर-शीतलपाटी-थारमारे-मुसीकोट सडक पनि अवरुद्ध छ ।
मेसिन प्रयोग गरी सडक खुलाउने विभागको योजना छ । विभागका अनुसार हाल देशभर ७२ सडक एकतर्फी चालु अवस्थामा र पाँच सडक अवरुद्ध छ । ७५ सडक दुईतर्फी सञ्चालनमा छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











