ताजा समाचार

म्याग्दी पहिरोमा पुरिएका एक जनाको शव भेटियो, एकजना अझै बेपत्ता

काठमाडौं । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–३, लुक्सीपारमा घाँस काट्न जाँदा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव भेटिएको छ भने एकजना अझै बेपत्ता छन् ।

बुधबार दिउँसो घर नजिकै पाखोबारीमा घाँस काट्ने क्रममा एक्कासी माथिबाट आएको पहिरोमा परेर ३५ वर्षीय जगेन्द्र विक र १२ वर्षीय सरोज विक पहिरोमा पुरिएका थिए ।

पहिरोमा परेर पुरिएका उनीहरु नाताले बाबुछोरा हुन् । उनीहरुमध्ये बाबु जगेन्द्र विकको शव भेटिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले बताए । लुक्सीपारमा माथिबाट खसेको पहिरोमा पुरिएर उनीहरु बेपत्ता भएका थिए ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरी निरीक्षक सोमदास ढकालको नेतृत्वमा प्रहरीको टोली, जनप्रतिनिधि र स्थानीयवासीले बेपत्ता सरोजको खोजी गरिरहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org