ताजा समाचार

काठमाडौं महानगरले २५ अर्ब ११ करोड ४३ लाख रुपैयाँको बजेट ल्याउने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/०८३का लागि काठमाडौं महानगरपालिकाले २५ अर्ब ११ करोड ४३ लाख रुपैयाँको बजेट ल्याउने भएको छ।

आज शुक्रबार बसेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकले खर्च र आम्दानीको आधारमा आगामी वर्षको लागि सीमा निर्धारण गरेको हो। सो क्रममा आगामी आर्थिक वर्षका लागि २५ अर्ब ११ करोड ४३ लाख रुपैयाँको बजेट ल्याउने भएको महानगर स्रोतले जनाएको छ ।

स्रोतका अनुसार आगामी वर्षका लागि सबैभन्दा धेरै बजेट भौतिक तथा पूर्वाधार क्षेत्रका लागि छुट्याउन सिफारिस गरेको छ।

पूर्वाधारका लागि ५१ प्रतिशत, शिक्षा स्वास्थ्य तथा सामाजिक क्षेत्रका लागि २० प्रतिशत र बाँकी अन्य क्षेत्रका लागि छुट्याउन सिफारिस गरेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org