संस्कृत स्नातक सेवामण्डलीको आयोजनामा हुवाहिनमा गुरु पूर्णिमा विशेष कार्यक्रम सम्पन्न
बैंकक । गुरु पूर्णिमा महोत्सव यस वर्ष थाइल्याण्डको हुवाहिन शाखामा भव्यरुपमा सम्पन्न भएको छ । व्यासपूजा, गुरु पूजा, हवन, पाठ, गुरु महिमा, वेद, उपनिषद् र गुरुतत्व विषयमा चिन्तन-मन्थन कार्यक्रम गर्दै गुरु पूर्णिमा सम्पन्न भएको हो । आयोजक संस्कृत स्नातक सेवामण्डली थाइल्याण्डले हुवाहिन शाखामा गुरु पूर्णिमाको अवसरमा उपस्थित हुने सबैमा हार्दिक धन्यवाद व्यक्त गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि डेविड खनाल रहनु भएको थियो । कार्यक्रममा थाई नेपाली संघका अध्यक्ष लक्ष्मण केसी, संरक्षक कुमार कार्की, केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरु, विभिन्न शाखा समितिका पदाधिकारी तथा सदस्यहरु, हुवाहिन शाखा समितिका पदाधिकारी तथा सदस्यहरु, महिला समितिका पदाधिकारी तथा सदस्यहरु, गुरुवर्ग, भक्तजनलगायतको सक्रिय सहभागिता रहेको थियो ।
आयोजक संस्कृत स्नातक सेवामण्डली थाइल्याण्डले विज्ञप्ति जारी गर्दै भनेको छ, “आदरणीय गुरुजन, अतिथिगण, सम्पूर्ण श्रद्धालु एवं सहभागी महानुभावहरू,हाम्रो संस्था संस्कृत स्नातक सेवामण्डलीद्वारा आयोजित गुरु पूर्णिमा विशेष कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न पाउनु हामी सबैका लागि गर्वको विषय हो। गुरु पूर्णिमाको पवित्र अवसरमा उपस्थित भई समय, श्रम र सहयोग पुर्याउनु भएका समस्त गुरुजन, वक्ता गण, स्वयंसेवक, दातागण तथा उपस्थित महानुभावहरूलाई हाम्रो तर्फबाट हार्दिक धन्यवाद र आभार प्रकट गर्न चाहन्छौं । तपाईंहरूको अमूल्य समय, आशीर्वाद, प्रेरणा र सक्रिय सहभागिताले नै यस कार्यक्रममा आध्यात्मिक संस्कार र समर्पणको वातावरण सिर्जना गर्यो”, विज्ञप्तिमा थप उल्लेख गरिएको छ ।
गुरु–शिष्य परम्पराको सम्मानस्वरूप गरिएको यस कार्यक्रमले सबैलाई गुरु र सनातन धर्म, संस्कार, संस्कृति, परम्परा र रीतिरिवाजप्रतिको नयाँ ऊर्जा, ज्ञान र मार्गदर्शन प्रदान गरेको संस्कृत स्नातक सेवामण्डलीले उल्लेख गरेको छ। आगामी दिनहरूमा पनि यस्तै साथ, समर्थन र सहभागिता प्राप्त हुने विश्वासका साथ, पुनः एकपटक सदैव ऋणी छौं भन्ने भावनासहित सेवामण्डलीले सबैमा धन्यवाद ज्ञापन गरेको छ ।
यसैबीच गुरु पूर्णिमा विशेष कार्यक्रम सकिएपछि ‘शिव पञ्चायन मन्दिर हुवाहिन परियोजना’ सम्बन्धमा बृहत् छलफल भएको थाइ नेपाल संघ थाइल्याण्डका संरक्षक कुमार कार्कीले जानकारी दिनु भयो । शिव पञ्चायन मन्दिर बनाउने सम्बन्धी छलफलमा हुवाहीनस्थित नेपाली समूदायका व्यक्तिहरुको उल्लेखनीय सहभागिता रहेको थियो । मन्दिर निर्माण समितिको अध्यक्षमा प्रभुलाल प्रधानलाई भेलाबाट चयन गरिएको छ । इन्जिनीयरलाई बोलाएर मन्दिरको डिजाइन बनाउन आग्रह गरिएको कार्कीले यस सञ्चारमाध्यमलाई थप जानकारी दिनु भयो ।
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












