संस्कृत स्नातक सेवामण्डलीको आयोजनामा हुवाहिनमा गुरु पूर्णिमा विशेष कार्यक्रम सम्पन्न
बैंकक । गुरु पूर्णिमा महोत्सव यस वर्ष थाइल्याण्डको हुवाहिन शाखामा भव्यरुपमा सम्पन्न भएको छ । व्यासपूजा, गुरु पूजा, हवन, पाठ, गुरु महिमा, वेद, उपनिषद् र गुरुतत्व विषयमा चिन्तन-मन्थन कार्यक्रम गर्दै गुरु पूर्णिमा सम्पन्न भएको हो । आयोजक संस्कृत स्नातक सेवामण्डली थाइल्याण्डले हुवाहिन शाखामा गुरु पूर्णिमाको अवसरमा उपस्थित हुने सबैमा हार्दिक धन्यवाद व्यक्त गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि डेविड खनाल रहनु भएको थियो । कार्यक्रममा थाई नेपाली संघका अध्यक्ष लक्ष्मण केसी, संरक्षक कुमार कार्की, केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरु, विभिन्न शाखा समितिका पदाधिकारी तथा सदस्यहरु, हुवाहिन शाखा समितिका पदाधिकारी तथा सदस्यहरु, महिला समितिका पदाधिकारी तथा सदस्यहरु, गुरुवर्ग, भक्तजनलगायतको सक्रिय सहभागिता रहेको थियो ।
आयोजक संस्कृत स्नातक सेवामण्डली थाइल्याण्डले विज्ञप्ति जारी गर्दै भनेको छ, “आदरणीय गुरुजन, अतिथिगण, सम्पूर्ण श्रद्धालु एवं सहभागी महानुभावहरू,हाम्रो संस्था संस्कृत स्नातक सेवामण्डलीद्वारा आयोजित गुरु पूर्णिमा विशेष कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न पाउनु हामी सबैका लागि गर्वको विषय हो। गुरु पूर्णिमाको पवित्र अवसरमा उपस्थित भई समय, श्रम र सहयोग पुर्याउनु भएका समस्त गुरुजन, वक्ता गण, स्वयंसेवक, दातागण तथा उपस्थित महानुभावहरूलाई हाम्रो तर्फबाट हार्दिक धन्यवाद र आभार प्रकट गर्न चाहन्छौं । तपाईंहरूको अमूल्य समय, आशीर्वाद, प्रेरणा र सक्रिय सहभागिताले नै यस कार्यक्रममा आध्यात्मिक संस्कार र समर्पणको वातावरण सिर्जना गर्यो”, विज्ञप्तिमा थप उल्लेख गरिएको छ ।
गुरु–शिष्य परम्पराको सम्मानस्वरूप गरिएको यस कार्यक्रमले सबैलाई गुरु र सनातन धर्म, संस्कार, संस्कृति, परम्परा र रीतिरिवाजप्रतिको नयाँ ऊर्जा, ज्ञान र मार्गदर्शन प्रदान गरेको संस्कृत स्नातक सेवामण्डलीले उल्लेख गरेको छ। आगामी दिनहरूमा पनि यस्तै साथ, समर्थन र सहभागिता प्राप्त हुने विश्वासका साथ, पुनः एकपटक सदैव ऋणी छौं भन्ने भावनासहित सेवामण्डलीले सबैमा धन्यवाद ज्ञापन गरेको छ ।
यसैबीच गुरु पूर्णिमा विशेष कार्यक्रम सकिएपछि ‘शिव पञ्चायन मन्दिर हुवाहिन परियोजना’ सम्बन्धमा बृहत् छलफल भएको थाइ नेपाल संघ थाइल्याण्डका संरक्षक कुमार कार्कीले जानकारी दिनु भयो । शिव पञ्चायन मन्दिर बनाउने सम्बन्धी छलफलमा हुवाहीनस्थित नेपाली समूदायका व्यक्तिहरुको उल्लेखनीय सहभागिता रहेको थियो । मन्दिर निर्माण समितिको अध्यक्षमा प्रभुलाल प्रधानलाई भेलाबाट चयन गरिएको छ । इन्जिनीयरलाई बोलाएर मन्दिरको डिजाइन बनाउन आग्रह गरिएको कार्कीले यस सञ्चारमाध्यमलाई थप जानकारी दिनु भयो ।
Comments
अरु समाचार
-
GFCN and TASS Launch Fact-Checking Video Course for Asia-Pacific News Agencies
Kathmandu, The Global Fact-Checking Network (GFCN) and Russia’s TASS news agency have launched an educational video course on fact-checking for...
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता, नेपालको जलवायु संवेदनशीलतालाई अन्तर्राष्ट्रियकरण
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुनुका साथै अस्ट्रेलियाको औपचारिक...
-
ट्रम्प-पुटिन डिजेल सम्झौताको भोलिपल्टै रुसले युक्रेनमा किन गर्यो आक्रमण ?
किएभ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच डिजेल सम्झौताको भोलिपल्टै रुसले युक्रेनमा आक्रमण गरेको छ । अमेरिकी...
-
८५ वर्षीया नवनीतम नावी पिल्लेलाई नोबेल शान्ति पुरस्कार, मानवअधिकार र न्यायका लागि जीवनभरको संघर्षको सम्मान
काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार नवनीतम नावी पिल्लेलाई पुरस्कृत गर्ने निर्णय गरेको छ। उनलाई शान्ति र अन्तर्राष्ट्रिय कानुन...
-
JJN, Russian Union of Journalists Sign MoU to Boost Media Cooperation
Kathmandu. A memorandum of understanding has been signed between Journalists for Justice Nepal (JJN) and the Russian Union of Journalists...
-
नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै
काठमाडौं । नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बुधबार काठमाडौमा बस्ने भएको छ । नेपाल र रुसबचि...
-
दीपक भट्टसंग जोडिएका सुलभ, साहिल र ललिताविरुद्ध झण्डै २ अर्बको विदेशी मुद्रा अपचलनको मुद्दा दर्ता गरिदै
काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्टसंगको अवैध कारोबार र विदेशी विनिमय अपचलनको आरोपमा सुलभ अग्रवाल, साहिल अग्रवाल र ललिता अग्रवालविरुद्ध...
-
युक्रेन युद्ध अझ नबढाउन पश्चिमा मुलुकहरूलाई पुटिनको चेतावनी
मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा मुलुकहरूलाई युक्रेन युद्ध अझ नबढाउन चेतावनी दिँदै यदि रुसको बाल्टिक क्षेत्रमा रहेको भूभाग (इन्क्लेभ)...
-
Renewing Efforts on a New Great Journey: Commemorating 77th Anniversary of Founding of People’s Republic of China
Beijing,(Xinhua): The golden wind is refreshing, and the mountains and rivers are beautiful. As we embark on a new journey...












