भारतीय अभिनेता कोटा श्रीनिवासको निधन !
काठमाडौं । दक्षिण भारतीय सिनेमाका लोकपृय अभिनेता कोटा श्रीनिवास रावको ८३ वर्षको उमेरमा निधन भएको छ।
आइतबार बिहान हैदराबादको फिल्मनगरस्थित आफ्नै निवासमा उनले निधन भएको हो । उनको निधनले दक्षिण भारतीय फिल्म उद्योगमा गहिरो शोक छाएको छ र यसलाई ठूलो क्षति मानिएको छ । उनी विगत केही दिनदेखि बिरामी थिए र उमेरसँग सम्बन्धित रोगबाट पीडित थिए।
उनले ७५० भन्दा बढी फिल्ममा काम गरेका छन्। तेलेगु, तामिल, कन्नड र हिन्दी फिल्ममा समेत उनले काम गरेका छन्।
आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले कोटा श्रीनिवास रावको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै नायडूले रावको निधनले फिल्म उद्योगका लागि अपूरणीय क्षति भएको बताएका छन्।
नायडूले रावको बहुमुखी अभिनय क्षमता र विभिन्न भूमिकामार्फत दर्शकको मनमा बनाएको स्थानको प्रशंसा गर्दै उनको कलात्मक योगदान अविस्मरणीय रहने बताए। मुख्यमन्त्री नायडूले रावको राजनीतिक जीवनको पनि स्मरण गर्दै सन् १९९९ मा विजयवाडाबाट विधायकका रूपमा उनको योगदानको उल्लेख गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
‘उनले खलनायक, हास्य र चरित्र भूमिकामार्फत दर्शकको मनमा बलियो स्थान बनाए। उनको बिदाइ तेलुगु फिल्म उद्योगको लागि ठूलो क्षति हो’, नायडूले लेखेका छन्।
Comments
अरु समाचार
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
विशेष परिस्थिति सिर्जना भएपछि उम्मेदवारी फिर्ताः राजेन्द्र गाैतम
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनमा उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र गाैतमले उम्मेदवारी फिर्ता लिएका छन् । विशेष आग्रहपछि...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
एसिया कप : बंगलादेशविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर बंगलादेशले फिल्ड रोजेपछि...
-
एमाले उपाध्यक्ष ज्ञवालीद्वारा सक्रिय राजनीतिबाट विश्राम लिएकोको घोषणा
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले सक्रिय राजनीतिबाट बाहिरिएको घोषणा गरेको छन् । पार्टीको ११औँ महाधिवेशनको बन्दसत्रस्थल भृकुटीमण्डपबाट उनले...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...












