भारतीय अभिनेता कोटा श्रीनिवासको निधन !
काठमाडौं । दक्षिण भारतीय सिनेमाका लोकपृय अभिनेता कोटा श्रीनिवास रावको ८३ वर्षको उमेरमा निधन भएको छ।
आइतबार बिहान हैदराबादको फिल्मनगरस्थित आफ्नै निवासमा उनले निधन भएको हो । उनको निधनले दक्षिण भारतीय फिल्म उद्योगमा गहिरो शोक छाएको छ र यसलाई ठूलो क्षति मानिएको छ । उनी विगत केही दिनदेखि बिरामी थिए र उमेरसँग सम्बन्धित रोगबाट पीडित थिए।
उनले ७५० भन्दा बढी फिल्ममा काम गरेका छन्। तेलेगु, तामिल, कन्नड र हिन्दी फिल्ममा समेत उनले काम गरेका छन्।
आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले कोटा श्रीनिवास रावको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै नायडूले रावको निधनले फिल्म उद्योगका लागि अपूरणीय क्षति भएको बताएका छन्।
नायडूले रावको बहुमुखी अभिनय क्षमता र विभिन्न भूमिकामार्फत दर्शकको मनमा बनाएको स्थानको प्रशंसा गर्दै उनको कलात्मक योगदान अविस्मरणीय रहने बताए। मुख्यमन्त्री नायडूले रावको राजनीतिक जीवनको पनि स्मरण गर्दै सन् १९९९ मा विजयवाडाबाट विधायकका रूपमा उनको योगदानको उल्लेख गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
‘उनले खलनायक, हास्य र चरित्र भूमिकामार्फत दर्शकको मनमा बलियो स्थान बनाए। उनको बिदाइ तेलुगु फिल्म उद्योगको लागि ठूलो क्षति हो’, नायडूले लेखेका छन्।
Comments
अरु समाचार
-
Breaking: ओली लेखक बिहीबार रिहा हुदै
काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक बिहीबार रिहा हुने सम्भावाना देखिएको छ । सर्वोच्चको...
-
मधेश प्रदेशले नयाँ सरकारको नीति र निर्देशन कार्यान्वयनमा सक्रियता देखायो
काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहको सपथ ग्रहण कार्यक्रम पछि, मधेश प्रदेशका प्रमुख सचिवले नयाँ नेतृत्वको नीति कार्यान्वयनमा क्रियाशिलता देखाएका...
-
उच्च अदालतका न्यायाधीश राजु खतिवडा बालेन्द्र सरकारका महान्यायाधिवक्ता बन्दै !
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले उच्च अदालतका न्यायाधीश राजु खतिवडालाई नेपाल सरकारको महान्यायाधिवक्ताको नियुक्ति गर्ने सम्भावना उच्च बनेको छ ।...
-
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ । भट्टराईका बुबा भोजप्रसाद भट्टराईको...
-
भण्डारीले सिध्याए निर्वाचन आयोगको साख, अधिकारै नभएको न्यायाधीश नियुक्तिमा लगाम !
काठमाडाैं । नेपाली कांग्रेसको आधिकारिकता विवादमा संस्थापन पक्षको भनाइ राख्ने मौकासमेत नदिई एकोहोरो गगन थापा समूहलाई बैधानिकता दिएपछि विवादमा परेको...
-
विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग...
-
एमालेले पठायो ६ लाख ६७ हजार बढीलाई पत्र- भनियाे, बहुमत ल्याउन सक्रिय हुनुस्
काठमाडौं। नेकपा एमालेले पार्टी सदस्यहरूलाई आगामी चुनावमा सक्रिय भूमिका खेल्न अपिल सहितको पत्र पठाएको छ। अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...












