ताजा समाचार

प्रमुख कार्यकारी अधिकृत गुरागाईंसंग झुके ‘बालेन”

काठमाडाैं । काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन” अन्ततः प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईंसंग झुकेका छन् ।

लामो समय अड्डी कस्दै कार्यपालिका बैठक नै नराखेका बालेनले बजेट बाध्यतामा परेपछि अन्ततः गुरागाईंसंग मञ्च सेयर गरेका हुन् ।

काठमाडाैं महानगरपालिकाले आगामी वर्षका लागि बजेट ल्याएको छ । नीति तथा कार्यक्रमसंगै बजेटमा बालेनले गुरागाईंसंग मञ्च सेयर गरेपछि बालेनको अडानमाथिका प्रश्नहरु पेचिला बनेका छन् ।

गर्दै नगरेको दोष थपरेर गुरागाईंलाई ह्यारेस गर्न खोजेपनि सफल हुन सकेनन् । बालेनको सचिवायलले मच्चाएको षडयन्त्रको शिकार गुरागाई बनेपछि अन्ततः उनी आफ्नो कर्तव्यप्रतिको इमान्दारिताबाटै सहि साबित हुने स्थिति बनेको छ । उसोतः महानगरले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बराबरको अनुमानित बजेट ल्याएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org