आदिलसहित ३२ जनालाई क्यानले टी–२० विश्वकप छनाेटकाे तयारी क्याम्पमा बाेलायाे
काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप एशिया तथा पूर्वी एशिया प्यासेफिक छनोटको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले ३२ जना खेलाडीलाई क्याम्पमा बोलाएको छ । टी–२० विश्वकप छनोटको क्याम्पमा बोलाइएका खेलाडीमा मोहम्मद आदिल आलम पनि छन् ।
२०७९ सालको मङ्सिरमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सञ्चालन भएको नेपाल टी–२० लिगका क्रममा ‘स्पट फिक्सिङ’ को आरोपमा प्रतिबन्धमा परेका आदिल झन्डै तीन वर्षपछि राष्ट्रिय टोलीको प्रारम्भिक टोलीमा परेका हुन् । तर आरोप प्रमाणित नभएपछि उनले गएको वैशाख २१ गते क्रिकेटमा फर्किन अनुमति पाएका थिए । प्रारम्भिक टोलीमा युवा खेलाडी युवराज खत्री पनि अटाएका छन् ।
नेपालले आउँदो अक्टोबरमा ओमानमा टी–२० विश्वकप छनोट खेल्दैछ । छनोटमा सहभागी ९ टोलीलाई ३ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष २ टोली ‘सुपर सिक्स’ मा पुग्नेछन् । ‘सुपर–सिक्स’ का शीर्ष ३ टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कमा हुने टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।
यस्तो छ टोली–
रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, आकाश चन्द, अनिल साह, आरिफ शेख, विवेक यादव, आसिफ शेख, नन्दन यादव, मोहम्मद आदिल आलम, भीम सार्की, करण केसी, पवन सर्राफ, गुल्सन झा, सोमपाल कामी, सन्दीप जोरा, रुपेश सिंह, रिजन ढकाल, शेर मल्ल, बसिर अहमद, प्रतिस जिसी, शुभ कंसाकर, शाहब आलम, ललित राजवंशी, अर्जुन घर्ती, युवराज खत्री, कमलसिंह ऐरी, लोकेश बम, किरण ठगुन्ना र सागर ढकाल
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











