आदिलसहित ३२ जनालाई क्यानले टी–२० विश्वकप छनाेटकाे तयारी क्याम्पमा बाेलायाे
काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप एशिया तथा पूर्वी एशिया प्यासेफिक छनोटको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले ३२ जना खेलाडीलाई क्याम्पमा बोलाएको छ । टी–२० विश्वकप छनोटको क्याम्पमा बोलाइएका खेलाडीमा मोहम्मद आदिल आलम पनि छन् ।
२०७९ सालको मङ्सिरमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सञ्चालन भएको नेपाल टी–२० लिगका क्रममा ‘स्पट फिक्सिङ’ को आरोपमा प्रतिबन्धमा परेका आदिल झन्डै तीन वर्षपछि राष्ट्रिय टोलीको प्रारम्भिक टोलीमा परेका हुन् । तर आरोप प्रमाणित नभएपछि उनले गएको वैशाख २१ गते क्रिकेटमा फर्किन अनुमति पाएका थिए । प्रारम्भिक टोलीमा युवा खेलाडी युवराज खत्री पनि अटाएका छन् ।
नेपालले आउँदो अक्टोबरमा ओमानमा टी–२० विश्वकप छनोट खेल्दैछ । छनोटमा सहभागी ९ टोलीलाई ३ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष २ टोली ‘सुपर सिक्स’ मा पुग्नेछन् । ‘सुपर–सिक्स’ का शीर्ष ३ टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कमा हुने टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।
यस्तो छ टोली–
रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, आकाश चन्द, अनिल साह, आरिफ शेख, विवेक यादव, आसिफ शेख, नन्दन यादव, मोहम्मद आदिल आलम, भीम सार्की, करण केसी, पवन सर्राफ, गुल्सन झा, सोमपाल कामी, सन्दीप जोरा, रुपेश सिंह, रिजन ढकाल, शेर मल्ल, बसिर अहमद, प्रतिस जिसी, शुभ कंसाकर, शाहब आलम, ललित राजवंशी, अर्जुन घर्ती, युवराज खत्री, कमलसिंह ऐरी, लोकेश बम, किरण ठगुन्ना र सागर ढकाल
Comments
अरु समाचार
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...












