ताजा समाचार

चेल्सीले जित्यो ‘फिफा क्लब विश्वकप’ को उपाधि

काठमाडौं । इङ्ग्लिस क्लब चेल्सीले फिफा क्लब विश्वकपको उपाधि चुमेको छ । गएराति अबेर भएको फाइनलमा पेरिस सेन्ट जर्मेइन (पीएसजी)  लाई ३–० ले हराउँदै चेल्सी च्याम्पियन बनेको हो ।

अमेरिकाको मेटलाइफ स्टेडियममा चेल्सीले पहिलो हाफमा नै ३–० को अग्रता बनायो । चेल्सीको जीतमा कोल पाल्मरले २ तथा जोआओ पेड्रोले १ गोल गरे ।

पीएसजीले पाएको अवसरमा गुमायो । दोस्रो हाफको ८५औं मिनेटमा पीएसजी १० खेलाडीमा सीमित भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org