फ्लड लाइट जडानमा सेटिङ जालोः समय सकियो, ठेकेदारले टेरेनन् सरकार !
काठमाडौं । क्रिकेट रंगशालामा फ्लड लाइट जडान हुने विषयले खुशी दिलाएका क्रिकेटप्रेमीहरुका लागि फ्लड लाइटमा हुन थालेको झेलले ठूलो झड्का दिएको छ ।
किर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा जोड्न लागिएको फ्लड लाइट जडानका लागि भन्दै २०८१ पुस ५ गते दुई प्याकेज बनाएर आह्वन गरिएको बोलपत्रअनुसार ठेक्का दिलाउनकै लागि मापदण्डमाथि छेडखानी गरेको पाइएको थियो ।
प्रतिष्पर्धामा रहेका १० कम्पनीमध्ये ठेक्का सेटिंगमार्फत् ४२ करोड १९ लाख ९१ हजार ६ सय ५३ रुपैयाँमा घुसिंगल, ललितपुरको विशन- ईश्वरी जेभीलाई दिइएको थियो । जसअनुसार यो कम्पनीले २०८२ वैशाख २५ गतेसम्म त्रिवि क्रिकेट स्टेडियममा फ्लड लाइट जडान गरिसक्नुपर्ने थियो ।
ठेक्काअघि प्रधानमन्त्रीसंग भएको छलफलको क्रममा प्रतिष्पर्धी कम्पनीहरुसंगको बैठक चल्दै गर्दा समयमै काम सम्पन्न गर्न निर्देशन दिनुका साथै ढिलासुस्सी स्वीकार्य नहुने समेत भनिएको थियो । तर, असार सकिनै लाग्दा समेत फ्लड लाइट जडानका लागि कुनै काम अघि बढेको छैन् र समयमै काम नगर्ने ठेकेदार कम्पनी विशन- ईश्वरी जे.भी. लाई कुनै किसिमको कारबाहीको तयारी समेत रेको देखिन्न ।
अन्तर्राष्ट्रिय मापदण्ड अनुसार जडान गर्ने भनिएको फ्लड लाइट युरोपियन वा बेलायती मापदण्डको हुनुपर्नेमा निक्यौल गरिएको थियो । बोलपत्रमा सहभागी भएका कम्पनीहरुको प्रि-बिड बैठकले नै यस्तो निर्णय गरेपछि समय अभाव हुने विषयमा समेत कुराकानी भएको थियो । तर, विशेष परिस्थितिबाहेकमा समय थप गर्न नसकिने वरु तीन सिफ्टको कार्य प्रणाली अपनाई कार्य सम्पादन गर्नुपर्ने भन्दै सरकारले अडान राखेपछि बैठकले नै वैशाख २५ गतेको समय तोकेको बताइन्छ ।
सम्बन्धित समाचार शीर्षकः ‘त्रिवि क्रिकेट मैदानको फ्लडलाइट जडान ठेक्का सम्झौता बदनियतपूर्ण’
यस्तो स्थितिमा वैशाख २५ को समय घर्किएर असार सकिनै लाग्दा समेत फ्लड लाइटका लागि वत्ति कसरी र कहाँबाट ल्याउने भन्ने विषयमा नै ठेकेदारले अन्योलता सिर्जना गर्दै कमसल र सस्तो पर्ने लाइटको खोजीमा चीन पुगेको स्रोतको दाबी छ ।
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सुपरिटेन्डेन्ट इन्जिनियर चक्रवर्ति कण्ठसंग यो विषयमा कुराकानीका लागि फोन सम्पर्क गर्दा उनले फोन उठाएनन् । उसोतः यो ठेक्का प्रक्रियाको सेटिङमा कार्यालयका सीडीई गणेश कर्माचार्य र गणेश पाण्डे समेत संलग्न रहेको स्रोतको दाबी छ ।
कसरी हुँदैछ झेल ?
ठेक्काको मूल्य निर्धारण गर्दा युरोपियन तथा युके स्ट्यान्डर्डको फ्लड लाइट १० देखि १५ हजार युरोमा ढुवानी हुने ठाउँमा छिटो र गुणस्तरिय काम गर्न हवाई ढुवानीका निम्ति ८० हजारदेखि १ लाख युरो छुट्याइयो । सम्झौताको समय सकिएको दुई महिना बढि समय भएपनि ३० प्रतिशत बढि काम हुन सकेको छैन ।
अहिले ठेकेदार कम्पनीले ल्याउन भनेको फ्लड लाइट भारत तथा चिनियाँ कम्पनीबाट खरिद गर्ने गरि काम थालिएको स्रोतको भनाई छ ।
बोलपत्रदाता र निर्माण तथा व्यवस्थापन कार्यालय, सानोगौचरण, काठमाण्डौको मिलिभगतमा Fael luce lighting, Philips Lighting, Siteco lights आदि विश्व प्रख्यात लाईट निर्माता कम्पनीहरूको तुलनामा Edison जस्ता न्यून मूल्य तथा न्यून गुणस्तरको कम्पनीको उत्पादनलाई स्वीकृत गरी सार्वजनिक खरिद प्रक्रियालाई समेत धुलिसात पारिएको स्रोतको भनाई छ ।
अहिले खरिद गर्न लागिएको लाइट कतैपनि परिक्षण नभएको र यसको प्राविधिक पक्ष समेत अन्योलतामा रहेको स्रोतको भनाई छ । बत्तिको भोल्टेज, पावर गुणस्तर, अन्यत्र प्रयोग भए नभएको सर्टिफिकेट जस्ता विषयको अभावकै बीच चीनबाट स्थलमार्ग हुँदै ढुवानीको तयारी अन्तिम चरणमा पुगेको स्रोतको दावी छ ।
८० हजारदेखि १ लाख युरोमा हवाई ढुवानी गर्ने भन्दै गरिएको तयारीमा चीनबाट स्थलमार्ग हुँदै सस्तोमा ढुवानीदेखि कमसल र कतै प्रयोग नभएको सामान ल्याएर ठूलो घोटाला गर्न खोजिएपनि गौरवको यो परियोजना संकटमा पर्ने खतरा बढेको छ ।
तोकिएको समय घर्किएको २ महिनाबढि समयसम्म पनि फ्लड लाइट जडान नभएपनि कुनै कारबाही भने गरिएको छैन् । सार्वजनिक खरिद नियमावली मिच्दा समेत ठेकेदार कम्पनीले फट्याई गरिरहेको छ । जसमा कारबाही किन हुन सकेन भन्ने चासो थप बढेको छ ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












