ताजा समाचार

गुप्ताले राजीनामा दिएको महेश बस्नेतलाई मनपर्‍यो

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व सांसद महेश बस्नेतले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मन्त्री पदबाट राजीनामा दिनु स्वागत योग्य भएको बताएका छन् ।

केही दिन अघि मन्त्री गुप्ताले घुस डील गरेको सम्बन्धी अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । सोहि प्रकरणलाई लिएर सत्तापक्ष का साथै प्रतिपक्षी दलहरुले समेत उनको राजिनामा माग्दै चौतर्फी विरोध र आलोचना गरेका थिए । सोहि प्रकरणलाई लिएर आज मंगलबार बिहान मन्त्री गुप्ताले प्रधानन्त्री समक्ष राजीनामा बुझाएका हुन् ।

यो पनिः घुस डिलले डुबायो, मन्त्री गुप्ताले राजीनामा दिए !

नेता बस्नेतले सामाजिक सञ्जाल फेसबुका स्ट्याटु लेख्दै राजीनामा स्वागतयोग्य भएको बताए । उनले लेखेका छन्, ‘मालपोट र भूमि आयोग डिल प्रकरणमा छानबिन सहज होस् भनेर मन्त्री गुप्ताले राजीनामा दिनु भएको छ यो स्वागतयोग्य कदम हो । ’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org