ताजा समाचार

घुस डिलले डुबायो, मन्त्री गुप्ताले राजीनामा दिए !

काठमाडौं । घुस ‘डिल’ अडिओ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् ।

मन्त्री गुप्ताले आफ्नो राजीनाका सम्बन्धमा सामाजिक सञ्जाल फेसबुकमा लेख्दै जानकारी दिएका छन् । उनेल फेसबुकमा लेखेका छन्,‘बिगत केहिदिन अघिदेखि निरन्तर मेरो नाम घुस डिल सगै जोडेर प्रचारमा आएको कुरा सबैलाइ बिदितै छ । कहिले काहि नखाएको बिष पनि लाग्दो रहेछ म अहिले त्यसैको शिकार भए । अब लागेका आरोप अनुसन्धान गरि सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस भनेर सम्मान्निय प्रधान मन्त्रि समक्ष सामान्य प्रशासन मन्त्रि पदबाट राजिनामा गरेको छु।’

यो पनिः एमालेबाट मन्त्री बनेका गुप्तालाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले सोधे स्पष्टीकरण

त्यस्तै मन्त्री गुप्ताले आफु प्रबिधिको शिकार भएको पनि उल्लेख गरेका छन्, उनले लेखेका छन् ‘प्रबिधिको उच्चतम प्रयोगको शिकार अब अरु कोहिपनि नबनुन भन्ने अपेक्षा गर्दै आजसम्मा बिभिन्न रुपले आफुलाई सहयोग गर्नुहुनेहरुलाइ हार्दिक धन्यबाद ब्यक्त गर्दछु।’

गुप्तालाई प्रधानमन्त्री केपी शर्मा ओली झापाबाट काठमाडौं फर्के लगत्तै सोमबार बिहान बालुवाटार बोलाएर स्पष्टीकरण सोधेका थिए

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org