ताजा समाचार

अस्पतालको ट्याङ्कीमा खसेर बालिकाको मृत्यु

काठमाडौं । चितवन भरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीमा खसेर एक बालिकाको मृत्यु भएको छ ।

अस्पतालमा कार्यरत कर्मचारी विकास मगरकी पाँच वर्षीया छोरी अञ्जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

उनका अनुसार मंगलबार अपराह्न उनी खेल्ने क्रममा सेफ्टी ट्याङ्कीमा खसेकी थिइन् ।

उनको तत्काल उद्धार गरी सोही अस्पतालमा भर्ना गरिए पनि साँझ मृत्यु भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org